प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह « Khabarhub

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न आग्रह गरेको छ ।

निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ बमोजिम कुनै वस्तुको निकासी वा पैठारीमा मनाही वा नियन्त्रण गर्नसक्ने कानुनी व्यवस्थाको स्मरण गराउँदै विभागले प्रतिबन्ध लगाइएको वस्तुको अनधिकृत रुपमा बिक्रीवितरण नगर्न सम्वद्ध पक्षलाई सचेत गराएको हो ।

कानुनबमोजिम दण्डनीय रहेको पैठारीकर्ता, सञ्चयकर्ता र बिक्रेतालाई कानुनले तोकेबमोजिमको दायित्व तथा शर्त बन्देज परिपालना गरी व्यापार व्यवसाय सञ्चालन गर्न सूचित गरिएको छ ।

कानुनविपरीतका कार्य भए–गरेको पाइएमा पैठारी (नियन्त्रण) ऐन, २०१३, उपभोक्ता संरक्षण ऐन, २०७५ तथा अन्य प्रचलित कानुनबमोजिम काराबाही हुने विभागले स्पष्ट पारेको छ ।

यस्तै, विभागले बजारमा स्वच्छता कायम राख्नका लागि अनुगमन तथा निरीक्षणलाई तीव्र पारेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम बजारमा आवश्यक निर्देशन एवं कारबाही गरिएको विभागले जनाएको छ ।

सोमबार काठमाडौँका विभिन्न नौ वटा व्यावसायिक फर्मको अनुगमन गरेको थियो । ती फर्मलाई सुधारात्मक निर्देशन दिएको छ । विभागले उपभोक्ता अधिकारकर्मी र स्थानीय सरोकारवालाको उपस्थितिमा नियमित बजार अनुगमन गर्दै आएको स्पष्ट पारेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ७ : ०७ बजे

डीडीसीको बजार पहिलोपटक दुबईमा विस्तार, ६ सय किलो घ्यू पठाइँदै 

काठमाडौं– नेपाल सरकारको स्वामित्व रहेको दुग्ध विकास संस्थान (डीडीसी)बाट उत्पादित घ्यू

स्वास्थ्य परीक्षणपछि इमरान फेरि जेल फिर्ता

एजेन्सी– पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई सर्वोच्च अदालतको आदेशअनुसार स्वास्थ्य परीक्षणका

तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासमा लागौँ : मन्त्री पोखरेल

सुदूरपश्चिम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले तीनै तहका सरकार मिलेर

केन्द्रीय समिति बैठकका लागि रास्वपा नेताहरू घण्टी घरमा, बालेन अनुपस्थित (तस्बिरहरु)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकमा सहभागी

रास्वपा केन्द्रीय कमिटी बैठक छाडेर वरिष्ठ नेता बालेन मुस्ताङतिर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक सुरु हुन