असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति « Khabarhub

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको बिजुलीको मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पारेको छ ।

आन्तरिक राजस्व विभाग तथा ठूला करदाता कार्यालयको सूचनाअनुसार भुक्तानी भइसकेको मूल्य अभिवृद्धि कर रकमलाई अग्रिम भुक्तानी कायम गरी आगामी भदौ महिनाको बिलमा समायोजन गरिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले सूचनामार्फत ग्राहकले भुक्तानी गरिसकेको रकमलाई आगामी महिनाको बिलमा समायोजन गर्नेगरी आवश्यक प्रबन्ध गरिएको उल्लेख गरेको छ ।

प्राधिकरणले विद्युत खपतका आधारमा मासिक रुपमा बिलिङ हुने गरेको र गत असार महिनामा खपत भएको विद्युतको बिलिङ साउनमा जारी गर्दा कर आकर्षित हुने वा नहुने भन्नेमा द्विविधा उत्पन्न भएको थियो ।

प्राधिकरणले यही साउन ८ गते आन्तरिक राजस्व विभाग र ठूला करदाता कार्यालयलाई पत्राचार गर्दै स्पष्ट पारिदिन आग्रह गरेको थियो । आर्थिक ऐन, २०८३ मा विद्युत्मा भ्याट लागू हुने व्यवस्था गरिएको छ ।

आन्तरिक राजस्व कार्यालयले सोमबार नै एक सूचनामार्फत असार मसान्तसम्मको विद्युत उपभोग वा खपतको बिलिङमा भ्याट नलाग्ने स्पष्ट पारेको थियो ।

विभागले साउन १ गतेदेखि भने विद्युत् शक्तिको खपतमा न्यूनतम चार्ज वा ‘डिमाण्ड’ चार्जमा पनि भ्याट आकर्षित हुने जनाएको छ ।

मूल्य अभिवृद्धि कर ऐनअनुसार अन्तिम उपभोक्ताका लागि पाँच प्रतिशत र अन्यको हकमा १३ प्रतिशत भ्याट लाग्नेछ । प्राधिकरणले लिने शुल्क विद्युत सेवाको अङ्ग भएकाले साउन १ पछि हुने खपतमा नियमानुसार भ्याट आकर्षित हने विभागको प्रष्टोक्ति छ ।

प्राधिकरणले असार मसान्तसम्मको बिलमा भ्याट रकम जोडेर उपभोक्तालाई बिल पठाएको थियो । त्यसरी बिल पठाइएपछि उपभोक्ताले गुनासो गरेका थिए । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले त्यसमा चासो राख्दै समस्या समाधानका लागि पहल गरेका थिए ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ७ : २८ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको