अमेरिका-इरान कूटनीतिक वार्ताको प्रयास, हर्मुजमा अझै खिचातानी « Khabarhub

अमेरिका-इरान कूटनीतिक वार्ताको प्रयास, हर्मुजमा अझै खिचातानी


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिका र इरानबीच लगातार तेस्रो दिन पनि आक्रमण र द्वन्द्व रोकिएपछि दुवै पक्षलाई पुनः कूटनीतिक वार्ताको टेबुलमा फर्काउन मध्यस्थकर्ता सक्रिय भएका छन् । पछिल्लो समय चर्किएको तनावबीच आक्रमण थामिएपछि कूटनीतिक निकासको आशा जागेको हो ।

गोप्य वार्तामा संलग्न मध्यपूर्वका अधिकारीका अनुसार कतार र पाकिस्तानको नेतृत्वमा मध्यस्थकर्ता वासिङ्टन र तेहरानबीचको दूरी घटाउन निरन्तर प्रयास गरिरहेका छन् । वासिङ्टनबाट आएका केही अभिव्यक्ति र करिब दुई हप्ताअघि अचानक सुरु भएको तनावपछि अमेरिकी प्रहार रोकिएकाले पनि मध्यस्थताको प्रयास अघि बढेको पुष्टि हुन्छ ।

इरानले भने वार्ताको सम्भावनालाई खासै महत्त्व दिएको छैन । साउदी अरेबिया, जोर्डन र इराकमा इरानद्वारा भएका ड्रोन आक्रमणले अवस्था अझै संवेदनशील रहेको देखाउँछन् । तेहरान वा इरान समर्थित सशस्त्र समूहहरूले अमेरिकाको नयाँ रणनीतिलाई परीक्षण गर्न खोजेको विश्लेषण गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्ना प्रतिनिधिमार्फत र प्रत्यक्ष रूपमा पनि भेटघाटका लागि अनुरोध गरेको दाबी गरेका छन् । “हामी अहिले इरानसँग कुराकानी गरिरहेका छौँ र कुराकानी सकारात्मक भइरहेको छ,” ‘एयर फोर्स वान’ विमानमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले भने । तर, उनले सम्झौता हुन नसके कडा कदम चाल्ने चेतावनी पनि दोहोर्‍याएका छन् ।

अर्कातिर, इरानी विदेश मन्त्रालयका प्रवक्ताले भने तेहरानले शान्ति वार्ता पुनः सुरु गर्न कुनै अनुरोध नगरेको स्पष्ट पारेका छन् । मध्यस्थकर्ताहरूले अमेरिकी पक्षका सन्देशहरू पुर्‍याएको भए पनि अमेरिकासाग कुनै प्रत्यक्ष वार्ता नभएको उनको भनाइ छ ।

विश्वव्यापी इन्धन आपूर्तिका लागि रणनीतिक मानिने हर्मुज जलडमरूमध्यमा व्यापारिक जहाजहरूमाथि इरानले गोलीहानेपछि सुरु भएको करिब दुई हप्ता लामो सैन्य तनावपछि शनिबारदेखि अमेरिकाले इरानी तटीय क्षेत्र र पूर्वाधारहरूमाथिका आक्रमण स्थगित गरेको थियो ।

जुनको मध्यतिर भएको सहमति भङ्ग भएपछि दुवै देशले यसलाई आ-आफ्नै तरिकाले व्याख्या गर्दै आएका छन् । हर्मुज जलडमरूमध्यको आवतजावत मुख्य विवादको विषय बनेको छ । इरानले जहाजलाई आफ्नो तटको नजिकै तोकिएको मार्गबाट हिँडाउन चाहन्छ भने ओमानको तट नजिकैको दक्षिणी मार्गबाट जाने जहाजहरूमाथि आक्रमण गर्दै आएको छ ।

ओमानले उक्त मार्ग प्रयोग गरेबापत स्वेच्छिक शुल्क उठाउने संयन्त्रको प्रस्ताव गरेको छ तर इरानले त्यसलाई अनिवार्य बनाउनुपर्ने अडान राखेको छ । दुवै देशबीच केही सहमति नजिक पुगेको भनिए पनि अन्तिम रूप कस्तो हुने भन्नेमा अझै ठूलो मतभेद छ । इरानले जलडमरूमध्यको स्थिति युद्धअघिको जस्तो सामान्य नरहने र शुल्क अनिवार्य उठाउने बताएको छ ।

यसैबीच, अमेरिकी सेन्ट्रल कमान्डले हर्मुज भएर जाने १७ वटा व्यापारिक जहाजको मार्ग परिवर्तन गराएको, दुई वटालाई नियन्त्रणमा लिएको र अन्य दुई वटामा खोजी तलासी लिएको जनाएको छ । सहमति भङ्ग भएपछि वासिङ्टनले इरानी तेल बिक्रीमा दिँदै आएको छुट रद्द गर्दै इरानी बन्दरगाहहरूमा जलसेनाद्वारा नाकाबन्दीसमेत लगाएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ८ : ३३ बजे

रसुवागढी एकीकृत भन्सार भवन निर्माण १० वर्षसम्म अधुरै (तस्बिर)

रसुवा– नेपाल–चीन सीमास्थित रसुवागढी नाकामा एक दशकदेखि एकीकृत भन्सार भवन

मुग्लिङ-नारायणगढ सडकमा सुक्खा पहिरो, सवारी आवागमन ठप्प

चितवन – मुग्लिङ-नारायणगढ सडकखण्डमा सुक्खा पहिरो जाँदा सवारी आवागमन पूर्ण

जस्टिन ग्रिभ्सको ऐतिहासिक कीर्तिमान : लगातार ५ ओभरमा मेडन ५ विकेट

काठमाडौँ – वेस्ट इन्डिजका अलराउन्डर जस्टिन ग्रिभ्सले पाकिस्तानविरुद्ध जारी पहिलो

अमेरिका-इरान :आक्रमण रोकेर नेतान्याहु वासिङ्टन पुगे

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन र तेहरानबीच ‘अत्यन्त

चिकित्सक संघबाट आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्दकाे घाेषणा

काठमाडौँ– नेपाल चिकित्सक संघले आज (मंगलबार) देशैभरका सरकारी, गैरसरकारी र