अमेरिका-इरान :आक्रमण रोकेर नेतान्याहु वासिङ्टन पुगे « Khabarhub

अमेरिका-इरान :आक्रमण रोकेर नेतान्याहु वासिङ्टन पुगे


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन र तेहरानबीच ‘अत्यन्त मैत्रीपूर्ण वार्ता’ भइरहेको बताएका छन्। यद्यपि, उनले यो वार्तालाई लामो समयसम्म लम्ब्याउने पक्षमा आफू नरहेको स्पष्ट पारेका छन् । उता इरानले भने अमेरिका युद्धबाट बाहिरिने बाटो खोज्न सङ्घर्ष गरिरहेको टिप्पणी गरेको छ ।

यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु वासिङ्टन, डीसी पुगेका छन् । ट्रम्पसँग हुने उनको भेटमा इरानविरुद्धको युद्ध मुख्य एजेन्डा बन्ने अपेक्षा गरिएको छ । टर्कीलाई एफ-३५ लडाकु विमान बिक्री गर्ने विषयमा सोधिएको प्रश्नमा ट्रम्पले टर्कीका राष्ट्रपति रेसेप तयिप एर्दोगानसँगको आफ्नो सम्बन्धलाई जोड्दै प्रतिक्रिया दिएका छन् । नेतान्याहुले भने टर्कीलाई लडाकु विमान बेच्ने कदमको विरोध गर्दै आएका छन् ।

गत शुक्रबारदेखि अमेरिकाले इरानमाथि गरिरहेको हवाई आक्रमण स्थगित गरेको छ । ट्रम्पले मिसिगनमा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै तेहरानसँग सकारात्मक वार्ता भइरहेको जानकारी दिएका हुन् । ‘एयर फोर्स वान’ विमानमा पत्रकारसँग कुरा गर्दै उनले भने, “केही सकारात्मक परिणाम आउने राम्रो सम्भावना छ । यदि भयो भने राम्रो, भएन भने हामी दुई दिनअघि जे गरिरहेका थियौँ, त्यही स्थितिमा फर्किनेछौँ ।”

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले अमेरिकासँग प्रत्यक्ष वार्ता नभएको दाबी गरेका छन् । उनले भनेका छन्, “क्षेत्रीय घटनाक्रमलाई लिएर मध्यस्थकर्ताले अमेरिकी पक्षका सन्देश हामीसम्म पुर्‍याइरहेका हुन सक्छन् ।” उनले राष्ट्रिय हितको रक्षाका लागि इरानले कूटनीतिको प्रयोग जारी राख्ने र रणनीतिक रूपमा महत्त्वपूर्ण हर्मुज जलडमरूमध्य अझै बन्द नै रहेको जानकारी दिए ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी ‘एसोसिएटेड प्रेस’का अनुसार कतार र पाकिस्तानको नेतृत्वमा मध्यस्थकर्ताले वासिङ्टन र तेहरानबीचको मतभेद अन्त्य गरी दुवै पक्षलाई पुनः मध्यकालीन युद्धविराम सम्झौतामा फर्काउन प्रयास गरिरहेका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ८ : ५७ बजे

आईएफआरसीद्वारा बाढी प्रभावितलाई तत्काल १९ करोड सहयोग घोषणा

काठमाडौँ– रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी)ले तिब्बतबाट आएको

टप एन्ड टी–२० सिरिज : आज नेपाल ‘ए’ र हैदराबाद खेल्दै

काठमाडौँ– अष्ट्रेलियमा भइरहेको टप एन्ड टी–२० सिरिजमा आज नेपाल ‘ए’

रसुवा बाढी: २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

काठमाडौँ – रसुवामा आएको विनाशकारी बाढीका कारण इलाका प्रहरी कार्यालय

बाढीको कारण : हिउँ–चट्टानको हिमपहिरो

काठमाडौँ– रसुवामा बुधबार बिहान आएको भीषण आकस्मिक बाढीले ठूलो जनधनको

त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

चितवन– चीनको स्वशासित क्षेत्र तिब्बतबाट भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीमा