जस्टिन ग्रिभ्सको ऐतिहासिक कीर्तिमान : लगातार ५ ओभरमा मेडन ५ विकेट « Khabarhub

जस्टिन ग्रिभ्सको ऐतिहासिक कीर्तिमान : लगातार ५ ओभरमा मेडन ५ विकेट


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वेस्ट इन्डिजका अलराउन्डर जस्टिन ग्रिभ्सले पाकिस्तानविरुद्ध जारी पहिलो टेस्टमा क्रिकेट इतिहासकै अभूतपूर्व कीर्तिमान रचेका छन्।

टेस्ट क्रिकेटको इतिहासमा लगातार ५ ओभरमा ५ वटा ‘विकेट मेडन’ फ्याँक्दै ५ विकेट लिने उनी विश्वकै पहिलो बलर बनेका हुन्।

यसअघि यो कीर्तिमान इङ्गल्यान्डका तीव्र गतिका बलर स्टुअर्ट ब्रोडको नाममा थियो। ब्रोडले सन् २०१६ मा जोहानेसबर्गमा दक्षिण अफ्रिकाविरुद्ध लगातार ४ ओभर विकेट मेडन फालेका थिए।

त्रिनिडाडस्थित ब्राजिलियन लारा क्रिकेट एकेडेमी मैदानमा जारी खेलको तेस्रो दिन ग्रिभ्सले यो सनसनीपूर्ण बलिङ स्पेल पूरा गरेका हुन्।

उनले ११ ओभरमा ६ मेडन ओभर फाल्दै २७ रन दिएर ५ विकेट लिए। यस प्रदर्शनसँगै ग्रिभ्सले आफ्नो टेस्ट करियरको एकै इनिङ्समा ५ विकेट पनि पूरा गरेका छन्। एक समय २४४/३ को बलियो स्थितिमा रहेको पाकिस्तान ग्रिभ्सको घातक बलिङसामु २८२ रनमै समेटिन पुग्यो।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ९ : ३० बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल