मुग्लिङ-नारायणगढ सडकमा सुक्खा पहिरो, सवारी आवागमन ठप्प « Khabarhub

मुग्लिङ-नारायणगढ सडकमा सुक्खा पहिरो, सवारी आवागमन ठप्प


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

चितवन – मुग्लिङ-नारायणगढ सडकखण्डमा सुक्खा पहिरो जाँदा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।

इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिङ बजार नजिकै मंगलबार बिहान पहिरो खसेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी चन्द्रभूषण यादवका अनुसार अचानक सुक्खा पहिरो खसेपछि दुवैतर्फका गाडी रोकिएका छन्।

अवरुद्ध सडक सफा गरेर खुलाउन सडक विभागसँग समन्वय गरी पन्छाउने काम अघि बढाइएको प्रहरीले जनाएको छ। पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन अझै कम्तीमा दुई घण्टा लाग्ने अनुमान प्रहरीले गरेको छ । सडक अवरुद्ध हुँदा गन्तव्यतर्फ हिँडेका हजारौँ यात्रु र सवारीसाधन बिचबाटोमै रोकिएका छन्।

मंगलबार बिहान सुक्खा पहिरो खसेर सडक ठप्प भएपछि अहिले २ वटा जेसिबी/सवारी मेसिन प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ। पहिरो पन्छाउने कार्यलाई तीव्र बनाउन थप एउटा मेसिन घटनास्थलतर्फ आउँदै गरेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

पुनः थप पहिरो नझरे अबको १ देखि २ घण्टाभित्र पहिरो हटाई यातायात सुचारु गर्ने लक्ष्य राखिएको छ। सडक अवरुद्ध हुँदा रोकिएका यात्रुहरूलाई धैर्यधारण गर्न सडक डिभिजन भरतपुरले अनुरोध गरेको छ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ९ : ५१ बजे

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने