लम्जुङमा पहिरोले पुरिएर एकैघरका दुई जनाको मृत्यु « Khabarhub

लम्जुङमा पहिरोले पुरिएर एकैघरका दुई जनाको मृत्यु


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

लमजुङ– पहिरोमा परी लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटवेशीमा एकैघरका दुईजनाको मृत्यु भएको छ ।

आज बिहान गएको पहिरोले घर पुरिँदा भाटवेशीका ५९ वर्षीय टिकबहादुर विक र उनकी छोरी विनिता विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय, भोर्लेटारका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए ।

घरमाथि रहेको नगरकुलो भत्केपछि पहिरोले दुईतले कच्ची घर पुरेको थियो । घटनामा विककी श्रीमती सुकमाया र जेठी छोरी अस्मिता घाइते भएको प्रहरीले बताएको छ । घाइतेलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ ।

विक परिवार स्थानीय विष्णुदत्त सुवेदीको घरमा बसोबास गर्दै आएको थियो ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  १० : ३४ बजे

स्थापनाको दुई दशक पूरा गर्दै ग्लोबल आईएमई बैंक, दिगो र डिजिटल बैंकिङ्गमा जोड

काठमाडौं– ग्लोबल आईएमई बैंकले दुई दशकको यात्रा पूरा गरेको छ

सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो

वालिङ– अविरल वर्षासँगै कालीगण्डकी नदी र सेतीखोलामा आएको बाढीका कारण

पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक