सरकारी विधेयक अब कानून आयोगले नै बनाउने, ऐन संशोधनका लागि सुझाव माग « Khabarhub

सरकारी विधेयक अब कानून आयोगले नै बनाउने, ऐन संशोधनका लागि सुझाव माग


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले सरकारी विधेयक तर्जुमाको सम्पूर्ण जिम्मेवारी नेपाल कानून आयोगलाई दिने गरी ‘नेपाल कानून आयोग ऐन, २०६३’ संशोधनको प्रक्रिया अघि बढाएको छ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले सूचना जारी गर्दै प्रस्तावित विधेयकको मस्यौदामाथि सात दिनभित्र सुझाव दिन सर्वसाधारणसँग आग्रह गरेको हो। इच्छुकले मन्त्रालयको सुझाव पोर्टल (lawfeedback.moljpa.gov.np) मार्फत आफ्नो राय पठाउन सक्नेछन्।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमका अनुसार बाह्य परामर्शदाता वा निकायमार्फत विधेयक मस्यौदा गराउने परिपाटी अन्त्य गर्न ऐन संशोधन गर्न लागिएको हो। आगामी दिनमा सरकारी विधेयकको मस्यौदा कानून आयोगबाटै तयार हुने गरी व्यवस्था गर्न लागिएको उनले बताइन्।

यसैबीच मन्त्रालयले चालू आर्थिक वर्ष २०८३/८४ लाई ‘कानून सुधार तथा कानून निर्माण वर्ष’का रूपमा घोषणा गरेको छ। यसै अभियानअन्तर्गत मन्त्रालयले यसै वर्ष निर्माण गरिने १६६ वटा विधेयकको सूची सङ्घीय संसद्मा पेस गरिसकेको छ।

सर्वसाधारणबाट प्राप्त सुझावका आधारमा मस्यौदा परिमार्जन गरी अर्थ मन्त्रालयको सहमतिपछि मन्त्रिपरिषद्मा पेस गरिनेछ। मन्त्रिपरिषद्को स्वीकृतिपछि विधेयक संसद्मा दर्ता हुनेछ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  १० : ४० बजे

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु