चिकित्सक संघको आन्दोलनले अस्पताल सेवा प्रभावित (तस्बिर) « Khabarhub

चिकित्सक संघको आन्दोलनले अस्पताल सेवा प्रभावित (तस्बिर)


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण तथा जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुर्व्यवहारको विरोधमा आह्वान गरेको आन्दोलनका कारण देशभरका अधिकांश अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द भएका छन् ।

संघको आह्वानमा सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा स्थगित गरिएको हो । चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति, दोषीमाथि कारबाही र सुरक्षित कार्य वातावरण सुनिश्चित गर्नुपर्ने माग राख्दै संघले आन्दोलन गरेको जनाएको छ

।सेवा बन्द भएपछि उपचारका लागि अस्पताल पुगेका बिरामी र सेवाग्राही प्रभावित भएका छन् । काठमाडौँका नयाँ बानेश्वरस्थित सिभिल अस्पताल, वीर अस्पताल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आकस्मिक सेवा सञ्चालनमा रहे पनि अन्य सेवा बन्द हुँदा सेवाग्राहीको भीड बढेको छ । धेरै बिरामी उपचार नपाई फर्किन बाध्य भएका छन् भने कतिपयले आकस्मिक कक्षमार्फत सेवा लिन खोज्दा चाप बढेको छ ।

चिकित्सक संघले आफ्ना माग सम्बोधन नभएसम्म थप आन्दोलनका कार्यक्रम घोषणा गर्न सकिने चेतावनी दिएको छ । उता, सरकारले घटनाको छानबिन र दोषीमाथि आवश्यक कानुनी कारबाही गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ११ : २६ बजे

सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि आवेदन दिन २१ दिनको समय

काठमाडौँ– सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई

कात्तिक १५ गतेपछि मात्र धान काट्न कृषि विकास कार्यालयको आग्रह

धादिङ– कृषि विकास कार्यालय धादिङले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

दरौँदीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

गोरखा– वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र