‘प्लेयर अफ द सिरिज’ जित्ने विश्वकै कान्छा खेलाडी बने वैभव : तोडियो सचिनको रेकर्ड « Khabarhub

‘प्लेयर अफ द सिरिज’ जित्ने विश्वकै कान्छा खेलाडी बने वैभव : तोडियो सचिनको रेकर्ड


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतीय युवा ब्याटर वैभव सूर्यवंशी अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै ‘प्लेयर अफ द सिरिज’ जित्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन्। जिम्बाब्वेविरुद्धको तेस्रो टी-२० खेलमा ३५ रनको जित निकाल्दै भारतले शृङ्खला ३-० ले ‘क्लिन स्विप’ गर्दा सूर्यवंशी सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन्।

१५ वर्ष १२१ दिनको उमेरमा यो उपलब्धि हासिल गर्दै सूर्यवंशीले अफगानिस्तानका मुजिब उर रहमानको कीर्तिमान तोडेका छन्। यसअघि रहमानले १६ वर्ष ३२८ दिनको उमेरमा यो उपाधि जितेका थिए।

जिम्बाब्वेविरुद्धको तेस्रो खेलमा हरारेमा ४९ बलमा ८१ रन बनाउँदै उनी ‘प्लेयर अफ द म्याच’ समेत चुनिए। यससँगै उनी अन्तर्राष्ट्रिय क्रिकेटमा ‘प्लेयर अफ द म्याच’ जित्ने सबैभन्दा कान्छा भारतीय खेलाडी बनेका छन्। उनले सचिन तेन्दुलकरको (१७ वर्ष ११२ दिन) कीर्तिमान भङ्ग गरेका हुन्। विश्व क्रिकेटमा भने उनी पछाडि सिएरा लियोनका अलुसिन तुरे (१५ वर्ष ७४ दिन) मात्रै रहेका छन्।

शृङ्खलाभर सर्वाधिक १५१ रन बनाएका सूर्यवंशी यो वर्ष टी-२० मा सर्वाधिक छक्का प्रहार गर्ने भारतीय ब्याटरको सूचीमा समेत अग्रस्थानतिर छन्। उनले यस वर्ष टी-२० क्रिकेटमा ८६ छक्का प्रहार गरिसकेका छन्।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ११ : ३२ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप