गोरक्षेश्वर धाममा भजनकीर्तन एवं गङ्गा आरती « Khabarhub

गोरक्षेश्वर धाममा भजनकीर्तन एवं गङ्गा आरती


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बागमती– हेटौँडा उपमहानगरपालिका–१० स्थित गोरक्षेश्वर धाममा भजनकीर्तनसहित गङ्गा आरती गरिएको छ ।

गोरक्षेश्वर धाम क्षेत्र विकास समितिको आयोजनामा विगत १५ वर्षदेखि हरेक महिनाको अन्तिम सोमबार गङ्गा आरती हुँदै आएकामा २०८० देखि साउन महिनाका सबै सोमबार पनि भजनकीर्तनसहित गङ्गा आरती गरिँदै आइएको छ ।

गोरक्षेश्वर धामलाई यस क्षेत्रको विशिष्ट धार्मिक केन्द्रका रुपमा विकास गर्नेगरी समिति निरन्तर लागिरहेको समितिका अध्यक्ष उत्तम शर्मा ढकालले जानकारी दिए ।

२०४४ सालमा स्थापित यस मन्दिर परिसरमा विशाल हनुमानको मूर्ति, शनिको मूर्ति धर्मशाला, संस्कृत वेद विद्यालय आदि छन् ।

बालाचर्तुदशीमा विशेष मेला लाग्ने यस धाममा विभिन्न महत्वपूर्ण तिथिमिति र पर्वमा हेटौँडा र आसपासका क्षेत्रबाट ठूलो सङ्ख्यामा दर्शनार्थी आउने गरेको अध्यक्ष ढकालले बताए ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  १२ : १६ बजे

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही