कप्तानगञ्ज घटना : छानबिन समिति घटनास्थल पुग्यो, प्रशासनमा छलफल जारी « Khabarhub

कप्तानगञ्ज घटना : छानबिन समिति घटनास्थल पुग्यो, प्रशासनमा छलफल जारी


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा भएको घटना छानबिनका लागि गठन भएको समिति घटनास्थल पुगेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले छानबिन समिति घटनास्थल आएर आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिए ।

आइतबार अबेर दुई समुदायबीच भएको झडपका कारण सुनसरीको स्थिति तनावग्रस्त छ । प्रजिअ अर्यालका अनुसार अहिलेसम्म यहाँको स्थिति सामान्य बनिसकेको छैन । यहाँ सशस्त्र प्रहरीले गोलीबाट एक जनाको मृत्यु भएको छ भने अरु प्रहरीसहित २४ जना घाइते भएपछि छानबिन समिति बनेको थियो ।

गृहमन्त्रालयले ५ सदस्यीय छानबिन समिति बनाएर आवश्यक अनुसन्धान अगाडि बढाएको छ । मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा बनेको समितिले अस्पताल पुगेर घाइतेहरूलाई भेट्नुका साथै आवश्यक छलफल समेत गरिरहेको बताइएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीमा घटनाबारे थप अनुसन्धान र स्थिति सामान्य बनाउनका लागि विभिन्न सरोकार निकायहरूले छलफल गरिरहेका छन् ।

सुनसरीको भोक्राह, कोशी गाउँपालिका, इनरुवा नगरपालिकागायतमा अझै अवस्था सामान्य हुन सकेको छैन । यो घटनालाई लिएर देशका विभिन्न स्थानमा प्रदर्शन समेत भइरहेको छ । घटनाको विषयमा नेपाल सरकारका प्रधानमन्त्री र गृहमन्त्रीले समेत अहिलेसम्म मुख खोलेका छैनन् ।

प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङ मौन देखिएका छन् । स्थानीयहरू पनि सरकारको तर्फबाट घटनाबारे आवश्यक प्रक्रिया र चासो नदेखाइएको आरोप लगाइरहेका छन् । यो क्षेत्रका बजार पसल सार्वजनिक संस्था लगायतको स्थानमा तनाव उत्पन्न भएको देखिन्छ । घटनाबारे सत्य तत्य बाहिर आएर दोषीलाई कारबाही हुनुपर्ने माग स्थानीयवासीको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ३ : ०५ बजे

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले