सभामुखलाई विपक्षीले भने- प्रधानमन्त्रीबाट सीमाबारे स्पष्ट जवाफ नआएसम्म विरोध गरिरहन्छौँ « Khabarhub

सभामुखलाई विपक्षीले भने- प्रधानमन्त्रीबाट सीमाबारे स्पष्ट जवाफ नआएसम्म विरोध गरिरहन्छौँ


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले नियमित रुपमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्न सभामुख डोल प्रसाद अर्यालको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार सिंहदरबारमा आगामी प्रतिनिधिसभा बैठकको तयारीका विषयमा सभामुख अर्यालले दलका प्रमुख सचेतक र सचेतकसँग गरेको छलफलका क्रममा विपक्षी दलका प्रमुख सचेतकहरूले सरकारसँग सांसदहरूको धेरै प्रश्न रहेकाले नियमित रुपमा प्रश्नोत्तर कार्यक्रम राख्न ध्यानाकर्षण गराएका हुन् । 

छलफलपछि कांग्रेस प्रमुख सचेतक वासना थापाले प्रतिनिधिसभा बैठकको क्यालेन्डर बनाउने र संसदीय प्रक्रियालाई मर्यादित बनाउने भन्ने विषयमा छलफल भएको जानकारी दिइन् ।

उनले सीमा विवादको सम्बन्धमा प्रधानमन्त्रीबाट स्पष्ट जवाफ नआएसम्म विरोध कायमै रहने समेत जानकारी गराएकी थिइन् । 

प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम आफूहरूले सुझाव दिएको भन्दै उनले सत्ता पक्षका प्रमुख सचेतकले प्रधानमन्त्रीसँग छलफल गराउने प्रतिबद्धता सभामुखमार्फत व्यक्त गरेको बताइन् ।

त्यस्तै नेकपाका प्रमुख सचेतक युवराज दुलालले नियमावली अनुसार महिनाको पहिलो हप्ता प्रधानमन्त्रीले सांसदहरूका प्रश्नको उत्तर दिने व्यवस्थालाई कडाइका साथ लागू गर्न ध्यानाकर्षण गराइएको जानकारी दिए । 

कानुन मन्त्रीले प्रतिबद्धता जनाए पनि १४ गतेबाट सुरु हुने बैठकका लागि अहिलेसम्म एउटा पनि नयाँ विधेयक दर्ता नभएकोप्रति आफूहरूले ध्यानाकर्षण गराएको उनले बताए ।

छलफलपछि रास्वपा सचेतक प्रकाशचन्द्र परियारले भने सरकारले संसद्लाई पर्याप्त बिजनेस उपलब्ध गराएकाले दसैँ अघिसम्म संसद् निरन्तर र सुचारु रूपमा चल्ने दाबी गरे । 

संसद्को मर्यादा, मूल्य, मान्यता र परिणाममुखी सञ्चालनका लागि सबै दलहरू संवेदनशील र जिम्मेवार हुने छलफलको निष्कर्ष रहेको उनले बताए । 

उनले पछिल्लो समय आकस्मिक समयको प्रयोग गरेर मूल विषयभन्दा बाहिर जाने र टीकाटिप्पणी हुने प्रवृत्ति बढेकाले त्यसमा सुधार ल्याउने सहमति भएको जानकारी दिए ।

सो क्रममा सभामुख अर्यालले मर्यादीत ढंगले सदनको कामकारबाहीलाई अघि बढाउन आग्रह गरेका थिए । करिव दुई साताका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक यही साउन १४ गते बस्दै छ । 

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ४ : ३१ बजे

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु