धार्मिक सहिष्णुतामा आच आउन नदिन सर्वपक्षीय बैठक « Khabarhub

धार्मिक सहिष्णुतामा आच आउन नदिन सर्वपक्षीय बैठक


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- धनुषा जिल्लामा सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुतामा आच आउन नदिन सर्वपक्षीय प्रतिबद्धता व्यक्त गरिएको छ । सुनसरी जिल्लामा भएको घटना पश्चात धनुषा जिल्लामा समेत उक्त प्रकारका संवेदनशील घटना भएकाले आज जिल्लामा बसेको सर्वपक्षीय सद्भाव बैठकमा उक्त प्रतिबद्धता व्यक्त गरिएको हो ।

विरोध प्रदर्शनका नाममा तोडफोड, आगजनी तथा व्यक्तिगत र सरकारी सम्पत्तिमा क्षति पुर्याउने गतिविधिमा संलग्न व्यक्तिमाथि कानुन बमोजिम कारबाही गरिने निर्णय भएको छ । फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालमार्फत एक अर्काप्रति घृणा र धार्मिक विद्वेष फैलाउने तथा सामाजिक सद्भाव बिगार्ने गतिविधि नियन्त्रण गरिने बैठकले निर्णय गरेको छ ।

प्रजिअ प्रेमप्रसाद लुइँटेलले विभिन्न धर्म, जातजाति, भाषाभाषी तथा समुदायबीच आपसी सद्भाव, भाइचाराको सम्बन्ध कायम गर्न समुदायका अगुवा, नागरिक समाज, बुद्धिजीवी, राजनीतिक दल, विभिन्न सङ्घसंस्था तथा स्थानीय तहका जनप्रतिनिधिले आ–आफ्नो तर्फबाट पहल गर्ने निर्णय भएको जानकारी दिए ।

आपराधिक गतिविधिमा लागेकालाई मुलुकी अपराध संहिता, २०७४, विद्युतीय कारोबार ऐन, २०६३ तथा अन्य प्रचलित कानुन बमोजिम कारबाही गरिने निर्णयमा उल्लेख छ । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार चौधरी तथा हिन्दु र मुस्लिम समुदायका प्रतिनिधि, राजनीति दलका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ४ : १८ बजे

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु