श्रेष्ठको निधनपछि कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै « Khabarhub

श्रेष्ठको निधनपछि कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्न पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक भोलि साउन १३ गते बिहान ८ बजेर ३० मिनेटमा बजे बस्ने भएको छ । 

नेता श्रेष्ठको ललितपुरको हेलिस अस्तालमा उपचारका क्रममा आज निधन भएको हो ।

उक्त बैठकमा काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

वरिष्ठ नेता श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि भोलि साउन १३ गते बिहान ९ बजेदेखि ११ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा राखिनेछ । 

त्यसपछि पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने कार्यक्रम रहेको कांग्रेस कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ४ : ४६ बजे

आईएफआरसीद्वारा बाढी प्रभावितलाई तत्काल १९ करोड सहयोग घोषणा

काठमाडौँ– रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी)ले तिब्बतबाट आएको

टप एन्ड टी–२० सिरिज : आज नेपाल ‘ए’ र हैदराबाद खेल्दै

काठमाडौँ– अष्ट्रेलियमा भइरहेको टप एन्ड टी–२० सिरिजमा आज नेपाल ‘ए’

रसुवा बाढी: २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

काठमाडौँ – रसुवामा आएको विनाशकारी बाढीका कारण इलाका प्रहरी कार्यालय

बाढीको कारण : हिउँ–चट्टानको हिमपहिरो

काठमाडौँ– रसुवामा बुधबार बिहान आएको भीषण आकस्मिक बाढीले ठूलो जनधनको

त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

चितवन– चीनको स्वशासित क्षेत्र तिब्बतबाट भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीमा