ट्रेन्ड फेरिँदा हिट लिस्टमा नयाँ निर्देशकहरू ! « Khabarhub

ट्रेन्ड फेरिँदा हिट लिस्टमा नयाँ निर्देशकहरू !


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो हिट फिल्म ‘गौँथली’सम्म आइपुग्दा प्रष्ट हुन्छ– अब नेपाली फिल्मको ट्रेन्ड फेरियो ।

बि.सं २०७० को दशक यथार्थवादी फिल्मको ट्रेन्ड रह्यो । सामाजिक कथामा हाँस्यरस मिसिएका फिल्मे वर्चस्व जमाए । त्यही धारका बनेका फिल्मबाट ‘छक्का पञ्जा टिम’, ‘कबड्डी टिम’ र ‘जात्रै जात्रा’ टिम बजारमा हाबी रहे ।

हिट लिस्मा यीनै तीन टोलीको वर्चस्व रह्यो ।

ट्रेन्डको विशेषता नै एकै धारमा अडिग नहुने हो । यो नै परिवर्तनशील छ । ढिलो–चाडो मात्रै हो ।

माथि उल्लेख गरिएका टिमले बनाएको फिल्मप्रति दर्शकको रुची ह्वात्तै घटेको होइन । उनीहरूले त्यही धारका नयाँ कथा निकाल्न सकेनन् । सिक्वेलमा विश्वास राख्दा दर्शक निराश भए ।

फरक स्वाद खोजिरहेका दर्शकहरूले ०८१ को कात्तिकमा फिल्म ‘पूर्णबहादुरको सारङगी’ पाए । यो फिल्मको धार पूर्ण फरक भने थिएन । यथार्थवादी परिवेशमै भावना मिसाइएको थियो । हाँस्यरसको स्थानमा दुख र आँसु प्रस्तुत गरिएको थियो । यसको निर्देशक सरोज पौडेल हुन् । डेब्यूमै उनले सफलता हात पारे ।

यो फिल्मले इतिहासकै सर्वाधिक ४७ करोडको व्यापार गर्‍यो । त्यसभन्दाअघि ब्ल्कबस्टर मानिएका फिल्मको व्यापार २० करोड हुने गर्थ्यो ।

यो फिल्म नयाँ ट्रेन्ड विकास गर्‍यो । त्यो धारमा आउने निर्देशकहरू हिट लिस्टमा छाउन थाले । पछिल्लो समय हिट फिल्म दिने निर्देशकहरू सबै नयाँ छन् । केही डेब्यू निर्देशक नभए पनि हिट लिस्टमा नपरेका नै छन् ।

‘परान’बाट दीपक आचार्य ‘काकु’

‘दर्शकलाई रुवाएर’ धेरै व्यापार गर्ने दोस्रो फिल्म हो ‘परान’ ।

यही फिल्मबाट दीपकले निर्देशनमा डेब्यू गरे । यस फिल्मको कथा ‘बुवा–छोराको भवना’मै केन्द्रित छ ।

यो फिल्मको व्यापार १८ करोड छ । यो सर्वाधिक चौथो हिट नेपाली फिल्म हो ।

‘आबाट आमा’बाट चन्द्र पन्त

चन्द्रको लेखन र निर्देशन रहेको दोस्रो फिल्म हो– ‘आबाट आमा’ ।

यस फिल्ममा पल शाह शीर्ष भूमिकामा छन् । लगातार १२ वटा फिल्म फ्लप भएको र चुनावी महोलबीच गत माघमा ‘आबाट आमा’ प्रदर्शनमा आएको थियो ।

यो फिल्मले १३ करोड ग्रस कलेक्सन गर्‍यो । लाइम लाइटमा रहिरहे पनि हिट फिल्म दिन नसकेका पलले नयाँ अनुभव पाए ।

‘लालीबजार’बाट यम थापा

यम थापाको चौथो निर्देशनमा बनेको फिल्म हो– ‘लालीबजार’ । तर, यसभन्दा अघि उनी हिट लिस्टमा पर्न सकेका थिएनन् ।
‘लालीबजार’ विवादका बीच पनि हिट भयो । यमको नाम हिट लिस्टमा अटायो ।

‘लालीबजार’ पूर्ण पछिल्लो समय बनेको ट्रेन्ड समाएरै बनेको फिल्म होइन । तर– यो फिल्मको जिस्ट पनि आमा–छोरीकै कथा हो । हलमा आँसु नै बिकेको हो ।

‘गौँथली’बाट डा. कपिल रिजाल

डा. कपिल रिजाल पेसाले डेन्टिस हुन् । तर, फिल्ममा उनको लगाव छ ।

दोस्रो निर्देशनमा आइपुग्दा उनले बजारको ट्रेन्डलाई समात्न सफल भए । उनको निर्देशनमा बनेको ‘गौँथली’ अहिले प्रदर्शनरत छ ।

यो फिल्मले सुरुवाती १० दिनमै साढे ७ करोड ग्रस कलेक्सन गरेको छ । ‘दर्शकलाई चित्त बुझाएर र रुवाएर’ यो फिल्म सुपरहिट उन्मुख छ ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ७ : २२ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र