सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’ « Khabarhub

सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आपत्कालीन अवस्थामा रगतको अभावका कारण बिरामीले भोग्नुपर्ने समस्या कम गर्ने उद्देश्यले सिन्धुलीमा ‘रक्तसेवा’ नामक अनलाइन प्रणाली सञ्चालनमा ल्याइएको छ । 

गैरसरकारी संस्था न्यू स्टेप परियोजनाको आर्थिक सहयोगमा विकास गरिएको उक्त प्रणालीमार्फत आवश्यक परेका बेला रक्तदाता तथा रक्तसेवासँग सहज रूपमा सम्पर्क गर्न सकिने छ ।

सिन्धुली बहुमुखी क्याम्पस तथा सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्युटका विद्यार्थीको प्राविधिक सहयोगमा सो प्रणाली सञ्चालन हुनेछ । 

प्रणालीको खाका तयारी, डिजाइन, कोडिङ, तथ्याङ्क व्यवस्थापन तथा परीक्षणसम्मका सम्पूर्ण चरण विद्यार्थीले नै पूरा गरेका थिए भने अहिले यसको सञ्चालन, अनुगमन र नियमित अद्यावधिकको जिम्मेवारी पनि उनीहरूकै नेतृत्वमा रहेको छ ।

रक्तसेवालाई प्रविधिसँग जोडेर अझ छिटो, भरपर्दो र प्रभावकारी बनाउने उद्देश्यका साथ यो प्रणाली क्यूआर कोडसहित सार्वजनिक गरिएको छ । 

क्यूआर कोड स्क्यान गरी सेवाग्राहीले आवश्यक जानकारी प्राप्त गर्नुका साथै आपतकालीन अवस्थामा रगत आवश्यक परेका बेला सम्बन्धित व्यक्तिसम्म छिटो पुग्न सक्ने विश्वास गरिएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष शतिसचन्द्र ढकालले नयाँ प्रविधिको प्रयोगले जिल्लामा रक्तसेवा थप व्यवस्थित र प्रभावकारी बन्ने विश्वास व्यक्त गरे । 

न्यू स्टेप परियोजनाका कार्यक्रम प्रमुख प्रशान्त ढकालले रक्तसेवा प्रणालीलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले यो प्रणाली विकास गरिएको जानकारी दिए । 

उनका अनुसार आगामी दिनमा प्रणालीलाई थप परिमार्जन गर्दै जिल्लाभरका स्वास्थ्य संस्था, रक्तदाता समूह तथा सरोकारवाला निकायसँग समन्वय गरी यसको प्रयोगलाई अझ प्रभावकारी बनाइनेछ ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद दाहालले रगत आवश्यक पर्नेहरूलाई यो प्रणालीले उल्लेख्य सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ५ : २६ बजे

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु