नारायणी अस्पताल घटनामा मानवअधिकार आयोगको ध्यानाकर्षण « Khabarhub

नारायणी अस्पताल घटनामा मानवअधिकार आयोगको ध्यानाकर्षण


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले नारायणी अस्पताल वीरगञ्जका चिकित्सकमाथि कुटपिट तथा अस्पताल तोडफोडको घटनामा संलग्नलाइ कारबाही गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

आयोगले शान्ति पूर्णरुपमा वार्ता र संवादकै माध्यमबाट विवादको समाधान खोजी चिकित्सक डा प्रमोद राममाथि कुटपिट र अस्पतालमा भएको तोडफोडको घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल सरकारलाई निर्देशन समेत दिएको छ ।

प्रवक्ता डा टीकाराम पोखरेलले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्यजस्तो अत्यावश्यक सेवा बन्द हुँदा लाखौँ मानिसको जीवन जोखिममा पर्न सक्नेतर्फ संवेदनशील भई सेवा सुचारु गर्न, आफ्ना विरोध र विमति राख्दा आम नागरिकको स्वास्थ्यमा असर नपर्ने प्रकृतिका अन्य वैकल्पिक उपायहरू अवलम्बन गर्न तथा वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न आयोग नेपाल सरकार, आन्दोलनरत चिकित्सक, मृतकका परिवार तथा सम्बन्धित सबै पक्षलाई आग्रह गर्दछ ।’

अराजकताले प्रश्रय पाएमा कानुनी शासनमाथि चुनौती खडा हुने जनाउँदै आयोगले अस्पतालको सेवा बन्द गरिँदा बिरामी उपचारबाट वञ्चित हुन परेको जनाएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ५ : ४३ बजे

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु