दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु « Khabarhub

दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

दाङ– आर्थिक वर्ष २०८२/८३ मा विभिन्न विपद्जन्य घटनामा परी ६८ जनाले ज्यान गुमाएका छन् । 

जिल्ला विपद् व्यवस्थापन समिति दाङका संयोजक तथा प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले पानीमा डुबेर ४३, करेन्ट लागेर १२, सर्पदंशबाट सात जना, चट्याङबाट चार र आगलागीबाट १३ जनाको मृत्यु भएको जानकारी दिए । 

त्यसैगरी सोही वर्ष सर्पदंशबाट ७७, करेन्ट लागेर २९, चट्याङबाट १५, पानीमा डुबेर सात, आगलागीबाट दुई गरी १३० जना घाइते भएका थिए । 

बाढी र पहिरोबाट ५२ वटा संरचनामा क्षति पुगेको छ । आगलागीबाट ६२ हावाहुरीबाट ३३ वटा संरचनामा क्षति पुगेकोमा २१ वटा घरमा पूर्ण क्षति भएको छ भने छ वटा घरमा आंशिक तथा अन्य छ वटा भौतिक संरचनामा हावाहुरीले क्षति पुर्‍याएको जानकारी दिएको छ । 

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ६ : ०६ बजे

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु