राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त « Khabarhub

राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रप्रति रामचन्द्र पौडेलले लोकतान्त्रिक आन्दोलनका योद्धा एवम् पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनको खबरले आफू मर्माहत भएको बताएका छन् ।

राष्ट्रपति पौडेलले मुलुकमा लोकतन्त्र स्थापना र पुनः स्थापनाका लागि भएका सङ्घर्षका कठिन दिनहरूमा नेपाली कांग्रेसका नेता श्रेष्ठले पुर्‍याएको योगदान सदा स्मरणीय रहने बताएका छन् ।

उनले नेता श्रेष्ठलाई सदैव सरल र लोकतन्त्रप्रति समर्पित व्यक्तिका रूपमा आफूले चिन्ने मौका पाएको बताउँदै उनको निधनले मुलुकको लोकतन्त्र र लोकतान्त्रिक आन्दोलनमा अपूरणीय क्षति पुगेको महसुस गरेको सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन्। 

साथै, राष्ट्रपति पौडेलले स्व श्रेष्ठप्रति श्रद्धाञ्जलीसहित दुःखको यस घडीमा शोक सन्तप्त परिवारजन र शुभेच्छुकहरूमा समवेदना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ७ : १८ बजे

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्