सङ्घीयता लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउने आधार हो : सभामुख यादव « Khabarhub

सङ्घीयता लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउने आधार हो : सभामुख यादव


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेशका सभामुख रामअशिष यादवले सङ्घीयता केवल विकास वा पहिचानको विषय मात्र नभई लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउने आधार भएको बताएका छन् ।

मधेस प्रदेशसभाअन्तर्गत प्रदेश मामिला समितिद्वारा आज आयोजित ‘सङ्घीयता सवलीकरण’सम्बन्धी अन्तरक्रियामा सभामुख यादवले सङ्घीयता र गणतन्त्रलाई संस्थागत रूपमा बलियो बनाउन नसके भावी पुस्ताले वर्तमान नेतृत्वलाई माफी नगर्ने चेतावनी दिए ।

संविधानमा संवैधानिक अदालतको व्यवस्था हुनुपर्ने भए पनि त्यसको सट्टा संवैधानिक इजलास स्थापना गरिएको उल्लेख गर्दै उनले प्रदेश अधिकारसँग सम्बन्धित धेरै मुद्दा अहिले संवैधानिक इजलाशमा विचाराधीन रहेको जानकारी दिए ।

प्रदेशसभा सदस्य रामसरोज यादवले सङ्घीयता आए पनि प्रदेशलाई पर्याप्त अधिकार अझै अपुग भएको बताए । प्रदेशसभा सदस्य सुरिता साहले प्रदेशले बनाएका ऐन–कानुन कार्यान्वयनमा सङ्घीय सरकारले सहयोग गर्नुपर्ने धारणा राखे । 

संविधानसभा सदस्य डा विजयप्रसाद सिंहले सङ्घीयताको सुदृढीकरणका लागि प्रदेश सरकारले आफैँ निर्णय गर्ने क्षमता विकास गर्नुपर्ने बताए । 

प्रदेश नीति आयोगका पूर्वउपाध्यक्ष डा भोगेन्द्र झाले पात्र र प्रणालीलाई एउटै रूपमा मूल्याङ्कन गर्नु गलत हुने बताए । ‘सङ्घीयता प्रणाली हो, मुख्यमन्त्री र मन्त्री पात्र हुन् । पात्र गलत हुन सक्छन्, प्रणाली होइन’, उनले भने । 

जनकपुरधाम उपमहानगरपालिकाका पूर्व नगरप्रमुख लालकिशोर साहले व्यवस्थाभन्दा पात्रहरूको कमजोरीका कारण सङ्घीयतामाथि प्रहार भइरहेको बताए । 

डा शरद यादवले प्रदेश सरकारले कृषि, स्थानीय उत्पादन र धार्मिक पर्यटन प्रवर्द्धनमा प्रभावकारी काम गर्नुपर्ने आवश्यकता औँल्याए । 

कार्यक्रममा सहभागी वक्ताहरूले सङ्घीयताको सवलीकरणका लागि अधिकारको प्रभावकारी कार्यान्वयन, आर्थिक स्वायत्तता, प्रशासनिक सुधार तथा जनतामा सकारात्मक विश्वास निर्माण अपरिहार्य रहेकोमा जोड दिएका थिए ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ७ : ५० बजे

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्