भारतको सहयोगमा पुनर्निर्मित पाटनका दुई ऐतिहासिक महाविहार उद्घाटन « Khabarhub

भारतको सहयोगमा पुनर्निर्मित पाटनका दुई ऐतिहासिक महाविहार उद्घाटन


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण सहयोगमा पुनर्स्थापना गरिएको ललितपुरको पाटनस्थित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगमको उद्घाटन गरिएको छ।

उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य जगदीश खरेल, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन तथा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव सहभागी थिए।

उनीहरूले संयुक्त रूपमा उद्घाटन पट्टिका अनावरण गर्नुका साथै परम्परागत धार्मिक विधि र समारोहमा सहभागिता जनाएका थिए।

कार्यक्रममा शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास), स्थानीय समुदाय तथा भारतीय राजदूतावासका अधिकारीहरूको पनि उपस्थिति थियो।

करिब १२ करोड रुपैयाँ लागतमा पुनर्निर्माण गरिएको उक्त परियोजना भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोगअन्तर्गत सम्पन्न भएको हो।

परियोजना नेपाल सरकारको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) मार्फत कार्यान्वयन गरिएको हो भने डिजाइन तथा परियोजना व्यवस्थापन परामर्श सेवा इन्डियन नेशनल ट्रस्ट फर आर्ट्स एण्ड कल्चरल हेरिटेजले प्रदान गरेको थियो।

कार्यक्रममा सांसद खरेलले स्थानीय समुदायको सक्रियताको प्रशंसा गर्दै गुस्तल महाविहारजस्ता प्राचीन जीवित सम्पदाको संरक्षण आवश्यक रहेको बताए। उनले सांस्कृतिक सम्पदा पुनर्स्थापनामा भारत सरकारले गरेको सहयोगको पनि सराहना गरे।

प्रमुख महर्जनले ललितपुरसहित नेपालका विभिन्न जिल्लामा सांस्कृतिक सम्पदाको पुनर्निर्माण तथा पुनर्स्थापनामा भारतले पुर्‍याएको योगदानको प्रशंसा गर्दै स्थानीय समुदायको सहयोग पनि महत्वपूर्ण रहेको बताए।

भारतीय राजदूत श्रीवास्तवले नेपाल र भारतबीचको गहिरो सांस्कृतिक सम्बन्ध उल्लेख गर्दै पुनर्निर्माण गरिएका यी सम्पदा दुई देशबीचको साझा सम्पदा र मित्रताको दिगो प्रतीक भएको बताए।

भारतीय राजदूतावासका अनुसार भारत सरकारले भूकम्पपछिको पुनर्निर्माण सहयोगअन्तर्गत नेपालका आठ जिल्लाका ३० वटा सांस्कृतिक सम्पदा स्थल, गोरखा र नुवाकोटका ५० हजार निजी आवास, आठ जिल्लाका ८५ शैक्षिक संस्था तथा ११ जिल्लाका १३३ स्वास्थ्य संरचनाको पुनर्निर्माणमा सहयोग गरेको छ।

राजदूतावासले उक्त परियोजनाले भूकम्पपछिको पुनर्निर्माणमा नेपाल सरकारको प्रयासलाई सघाउनुका साथै नेपाल–भारत विकास साझेदारीलाई थप सुदृढ बनाएको जनाएको छ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ९ : १८ बजे

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२

भारतको सहयोगमा पुनर्निर्मित पाटनका दुई ऐतिहासिक महाविहार उद्घाटन

काठमाडौं– भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण सहयोगमा पुनर्स्थापना गरिएको ललितपुरको पाटनस्थित

सुनसरीमा लम्बियो कर्फ्यु

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न स्थानीय तहमा