आज २०८३ साल भदौ १२ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८३ साल भदौ १२ गते शुक्रबारको राशिफल


१२ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल भदौ १२ गते शुक्रबार सन् २०२६ अगष्ट २८ तारिख। साउन शुक्ल पक्षको पूर्णिमा तिथि। जनै पूर्णिमा, रक्षा बन्धन, पूर्णिमा व्रत, ऋषितर्पणी क्वाँटी खाने दिन र संस्कृत दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। यात्रा सहज बन्ने छ। साथीभाइसँगको भेटले मनमा खुसी मिल्नेछ। आम्दानी हुनेछ। शिक्षाको क्षेत्रमा भने घाटा हुने खतरा छ। परिवारमा सुख र शान्ति मिल्नेछ।

वृष : शुभ दिन छ। नयाँ कामको सुरुवात गर्नु उपयुक्त हुन्छ। स्वास्थ्य र शिक्षामा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने देखिन्छ।

मिथुन : गुम्न लागेको धन प्राप्त हुनेछ। सहकर्मीको साथ र सहयोग मिल्ने छ। विपक्षी साथी शान्त रहेकाले काम सहजै बन्ने छ। छोटो दूरीको यात्राको योजना सफल बन्ने देखिन्छ।

कर्कट : बोलीमा सर:वतिको बास छ। साथीभाइसँगको सम्बन्ध सुमधुर बन्ने छ। :वा:थ्यमा भने सम:या हुनसक्छ। शिक्षाका क्षेत्रमा भने सुधारका संकेत देखिने छन्।

सिंह : दिन राम्रो छ। काम गर्दा सचेत बन्नुभएमा फाइदा हुनेछ। परिवारमा खुशी मिल्ने छ। दाम्पत्य जीवन सुखमय बित्ने छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ।

कन्या : दिन सामान्य राम्रो छ। सञ्चित धन खर्च भए पनि मानसम्मान प्राप्त हुने दिन छ। सोचेको काम गर्दा फाइदा हुनेछ। पैसा तपाईंको हातमा नब:ने भएकाले काम गर्दा सचेत बन्नु उचित हुन्छ।

तुला : दिन राम्रो छ। व्यापारमा लाभ हुनेछ। गुम्न लागेको सम्पत्ति प्राप्त हुनेछ। परिवारको साथमा बसेर रमाइलो गर्नु उचित हुन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ।

वृश्चिक : दिन सामान्य छ। सानो कुराले मनमा असन्तुष्टि बढ्नेछ। राज्यबाट भय बढ्ने छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुन्छ। शिक्षाको क्षेत्रमा थप मिहिनेतको खाँचो देखिन्छ।

धनु : दिन राम्रो छ। व्यापारमा लाभ मिल्ने छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ। दाम्पत्य जीवनमा तपाईंको तर्कको जित हुनेछ। शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने देखिन्छ।

मकर : दिन राम्रो छ। शुभग्रहको बहुमत भएकाले सोचेको काम बन्ने छ। खर्च बढाए पनि इज्जत बढ्ने छ। दाम्पत्य जीवन सुखमय बन्ने छ। सुखद् यात्राको तय हुने दिन छ।

कुम्भ : जोगिएर काम गर्नुपर्ने दिन छ। :वा:थ्यको विशेष ख्याल गर्नुपर्ने छ। मन अशान्त बन्ने जोखिम छ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुन्छ। परिवारसँगको सम्बन्धमा सुधार हुनेछ।

मीन : टाउको दुख्ने सम:या हुनसक्छ। तपाईंलाई काममा खटाएर लाभ लिने व्यक्ति सक्रिय भएकाले सचेत बन्नु उचित हुन्छ। बिहान उठेर धार्मिक कार्यमा सहभागी भएर दैनिक कामको सुरुवात गरेमा फाइदा हुनेछ।

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार  ५ : ११ बजे

नेपाललाई सहयोग गर्ने राष्ट्रपति ट्रम्पको प्रतिबद्धता

वाशिङटन, डिसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग गर्ने

अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको उद्धार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनासकारी बाढीपछि अप्पर त्रिशूली

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज जनैपूर्णिमा पर्व मनाइँदै

काठमाडौँ : देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ १२ गते शुक्रबार सन् २०२६