रसुवा बाढीमा : ८ जिल्लामा ४६९ जनाको शव भेटियो « Khabarhub

रसुवा बाढीमा : ८ जिल्लामा ४६९ जनाको शव भेटियो


१२ भदौ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रसुवामा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धारका क्रममा ८ जिल्लाबाट ४६९ जनाको शव फेला परेको छ।

शुक्रबार बिहान ७ बजेसम्मको प्रहरी बुलेटिनअनुसार बाढीपछि ४६९ जनाको शव फेला परेको हो।

प्रहरीका अनुसार सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन्। चितवनमा मात्रै १७८ जनाको शव फेला परेको छ। त्यस्तै नवलपरासी पूर्वमा ११०, नुवाकोटमा ३७, धादिङमा ३३, गोरखामा ४४ र तनहुँमा २८ जनाको शव फेला परेको छ।

यसैगरी नवलपरासी पश्चिममा २७ र रसुवामा १२ जनाको शव फेला परेको प्रहरी बुलेटिनमा उल्लेख छ।

बाढीबाट प्रभावित विभिन्न क्षेत्रमा अझै खोजी तथा उद्धारको काम जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १२ भदौ २०८३, शुक्रबार  ८ : ५८ बजे

स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन

किभ- युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया