रसुवा बाढीमा : ८ जिल्लामा ४६९ जनाको शव भेटियो « Khabarhub

रसुवा बाढीमा : ८ जिल्लामा ४६९ जनाको शव भेटियो


१२ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रसुवामा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धारका क्रममा ८ जिल्लाबाट ४६९ जनाको शव फेला परेको छ।

शुक्रबार बिहान ७ बजेसम्मको प्रहरी बुलेटिनअनुसार बाढीपछि ४६९ जनाको शव फेला परेको हो।

प्रहरीका अनुसार सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन्। चितवनमा मात्रै १७८ जनाको शव फेला परेको छ। त्यस्तै नवलपरासी पूर्वमा ११०, नुवाकोटमा ३७, धादिङमा ३३, गोरखामा ४४ र तनहुँमा २८ जनाको शव फेला परेको छ।

यसैगरी नवलपरासी पश्चिममा २७ र रसुवामा १२ जनाको शव फेला परेको प्रहरी बुलेटिनमा उल्लेख छ।

बाढीबाट प्रभावित विभिन्न क्षेत्रमा अझै खोजी तथा उद्धारको काम जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार  ८ : ५८ बजे

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ– बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी