जनैपूर्णिमामा पाटनको कुम्भेश्वर मन्दिरमा मेला, बिहानैदेखि भक्तजनको भीड « Khabarhub

जनैपूर्णिमामा पाटनको कुम्भेश्वर मन्दिरमा मेला, बिहानैदेखि भक्तजनको भीड


१२ भदौ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

ललितपुर- जनैपूर्णिमाको अवसरमा शुक्रबार ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिरमा विशेष मेला लागेको छ। बिहानैदेखि कुम्भेश्वर परिसरमा भक्तजनको भीड लागेको छ।

भक्तजनहरूले कुम्भेश्वर कुण्डमा स्नान गरी कुम्भेश्वर महादेवको पूजा तथा आराधना गरिरहेका छन्। जनैपूर्णिमाको अघिल्लो रात साउन शुक्ल चतुर्दशीदेखि सुरु भएको मेला जनैपूर्णिमाको दिनसम्म चल्ने परम्परा छ।

कुम्भेश्वरमा हरेक वर्ष जनैपूर्णिमाका अवसरमा विशेष पूजा, आराधना तथा धार्मिक विधि सम्पन्न गरिन्छ। परम्पराअनुसार साउन शुक्ल पक्षमा विशेष विधि पूरा गरी कुम्भेश्वर महादेवको स्वरूपलाई मन्दिरबाट बाहिर निकालेर कुण्डमा राख्ने गरिन्छ।

कुम्भेश्वर मेला गोसाइँकुण्डसँग जोडिएको धार्मिक विश्वासका कारण पनि विशेष मानिन्छ। गोसाइँकुण्डमा स्नान गर्न नसक्ने भक्तजनले कुम्भेश्वर कुण्डमा स्नान तथा पूजा गरे पुण्य प्राप्त हुने जनविश्वास छ।

स्थानीय धार्मिक मान्यताअनुसार कुम्भेश्वर कुण्डको पानी गोसाइँकुण्डसँग भूमिगत रूपमा जोडिएको विश्वाससमेत रहेको छ। यसै विश्वाससँग जोडिएको विभिन्न किंवदन्तीका कारण पनि जनैपूर्णिमाका दिन कुम्भेश्वरमा भक्तजनको विशेष घुइँचो लाग्ने गरेको छ।

जनैपूर्णिमाका दिन भक्तजनले नयाँ जनै धारण गर्ने, रक्षाबन्धन तथा डोरो बाँध्ने र कुण्डमा स्नान गर्ने गर्दछन्। कुम्भेश्वर मन्दिर पाटनको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक सम्पदाका रूपमा समेत परिचित छ।

प्रकाशित मिति : १२ भदौ २०८३, शुक्रबार  ९ : ३६ बजे

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ

ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

काठमाडौँ– इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ