चिनियाँ राष्ट्रपतिले राखे सीपीसीको उच्चस्तरीय बैठक, नेपालमा राहत पठाउने निर्णय « Khabarhub

बाढीको विनाश

चिनियाँ राष्ट्रपतिले राखे सीपीसीको उच्चस्तरीय बैठक, नेपालमा राहत पठाउने निर्णय

हराएका मानिसको खोजीमा ‘पूर्ण प्रयास’ गर्न निर्देशन


१२ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- नेपालसँग सीमा जोडिएको दक्षिणपश्चिमी तिब्बत स्वायत्त क्षेत्रको केरुङ काउन्टीमा बुधबार गएको विनाशकारी बाढी-पहिरोपछि उद्धार तथा राहत कार्यबारे चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को उच्चस्तरीय बैठक बसेको छ।

सीपीसी केन्द्रीय समितिका महासचिव तथा चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार पार्टी नेतृत्वको बैठकको अध्यक्षता गर्दै केरुङ काउन्टीमा बुधबार गएको पहिरोपछि भइरहेको उद्धार तथा राहत कार्यको समीक्षा गरेका हुन्।

बैठकको सुरुवातमा राष्ट्रपति सीसहित सहभागी नेताहरूले विपद्मा ज्यान गुमाएकाहरूप्रति एक मिनेट मौनधारण गरेका थिए। बुधबार केरुङ सीमा बन्दरगाह क्षेत्रमा विनाशकारी बाढी-पहिरो गएको थियो।

बैठकले केरुङ काउन्टीमा पहिरोपछि बेपत्ता भएका चिनियाँ तथा विदेशी नागरिकको खोजी तथा उद्धारका लागि सक्दो सम्पूर्ण प्रयास गर्न निर्देशन दिएको छ।

चिनियाँ पक्षले उद्धार, राहत तथा विपद् व्यवस्थापनका लागि आवश्यक स्रोतसाधन परिचालन गर्नुपर्नेमा जोड दिएको छ।

पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्रता दिँदै बेपत्ताको खोजी, घाइतेको उपचार तथा प्रभावित नागरिकको व्यवस्थापनलाई प्राथमिकतामा राख्ने निर्णय भएको बताइएको छ।

नेपाललाई राहत उपलब्ध गराउने

यसैबीच, सीपीसी नेतृत्वको बैठकले नेपालमा पहिरो तथा बाढीबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउने निर्णयसमेत गरेको छ।

नेपाल–चीन सीमा क्षेत्रमा पछिल्लो समय आएको बाढी तथा पहिरोले ठूलो क्षति पुर्‍याएको अवस्थामा चीनले उद्धार तथा राहतका लागि नेपाललाई आवश्यक आपत्कालीन सहयोग उपलब्ध गराउने भएको हो।

केरुङ क्षेत्रमा गएको बाढी-पहिरो र त्यसपछि सिर्जित बाढीको जोखिमका कारण सीमा क्षेत्रका दुवैतर्फ उद्धार तथा राहत कार्य चुनौतीपूर्ण बनेको छ। चीनले प्रभावित क्षेत्रमा अवस्थाको निरन्तर मूल्यांकन गर्दै उद्धार र राहत कार्य अघि बढाइरहेको छ।

शुक्रबार बसेको उच्चस्तरीय बैठकले विपद् प्रभावित क्षेत्रमा बेपत्ता नागरिकको खोजी तथा उद्धारलाई पहिलो प्राथमिकता दिँदै आवश्यक सबै उपाय अपनाउन निर्देशन दिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार  १२ : ०३ बजे

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक