भोटेकोशीमा बहाव बढेपछि विदुरमा उद्धार टोली हटाइयो « Khabarhub

भोटेकोशीमा बहाव बढेपछि विदुरमा उद्धार टोली हटाइयो


१२ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

नुवाकोट- भोटेकोशी नदीमा पानीको बहाव बढेपछि नुवाकोट सदरमुकाम विदुरमा उद्धार तथा पुनः स्थापनामा खटिएका डोजर र मानिसलाई क्षतिग्रस्त क्षेत्रबाट हटाइएको छ।

बहाव थप बढेर जोखिम निम्तिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षाकर्मीले प्रभावित क्षेत्रमा आवागमनसमेत रोक लगाएका छन् । 

उद्धारमा खटिएका उपकरण तथा जनशक्तिलाई तत्कालका लागि सुरक्षित स्थानमा सारिएको हो।

भोटेकोशीको जलस्तर बढेसँगै नदी आसपासका क्षेत्रमा थप सतर्कता अपनाइएको छ । 

सुरक्षाकर्मीले जोखिमयुक्त क्षेत्रमा नजान तथा नदी किनारमा अनावश्यक भीड नगर्न स्थानीयलाई आग्रह गरेका छन्।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार  १२ : १७ बजे

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ– बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी

भारी वर्षापछि बैंककका ५० जिल्लामा विपद् घोषणा

बैंकक- थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका

जीडीआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०३० सम्म दिगो विकास लक्ष्य

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका