भोटेकोशीमा बहाव बढेपछि विदुरमा उद्धार टोली हटाइयो « Khabarhub

भोटेकोशीमा बहाव बढेपछि विदुरमा उद्धार टोली हटाइयो


१२ भदौ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

नुवाकोट- भोटेकोशी नदीमा पानीको बहाव बढेपछि नुवाकोट सदरमुकाम विदुरमा उद्धार तथा पुनः स्थापनामा खटिएका डोजर र मानिसलाई क्षतिग्रस्त क्षेत्रबाट हटाइएको छ।

बहाव थप बढेर जोखिम निम्तिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षाकर्मीले प्रभावित क्षेत्रमा आवागमनसमेत रोक लगाएका छन् । 

उद्धारमा खटिएका उपकरण तथा जनशक्तिलाई तत्कालका लागि सुरक्षित स्थानमा सारिएको हो।

भोटेकोशीको जलस्तर बढेसँगै नदी आसपासका क्षेत्रमा थप सतर्कता अपनाइएको छ । 

सुरक्षाकर्मीले जोखिमयुक्त क्षेत्रमा नजान तथा नदी किनारमा अनावश्यक भीड नगर्न स्थानीयलाई आग्रह गरेका छन्।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १२ भदौ २०८३, शुक्रबार  १२ : १७ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको