अमेरिका–जापानसँग कोरियाको सैन्य अभ्यास « Khabarhub

अमेरिका–जापानसँग कोरियाको सैन्य अभ्यास


१२ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तर कोरियासँग संवाद पुनः सुरु गर्न खोजिरहेको अमेरिकाले दक्षिण कोरियासँगको वार्षिक सैन्य अभ्यासको अवधि घटाए पनि सियोलले अमेरिका र जापानसँग संयुक्त सैन्य अभ्यास गर्ने भएको छ ।

दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफ (जेसीएस) का अनुसार तीन देशले सेप्टेम्बर ७ देखि ११ सम्म जेजु टापुको पूर्व र दक्षिणतर्फको अन्तर्राष्ट्रिय जलक्षेत्रमा ‘फ्रिडम एज’ अभ्यास सञ्चालन गर्नेछन् । 

अभ्यासमा समुद्री क्षेप्यास्त्र प्रतिरक्षा, हवाई तथा वायु प्रतिरक्षा, पनडुब्बीविरोधी युद्ध र साइबर प्रतिरक्षासम्बन्धी गतिविधि समावेश हुनेछन् ।

जेसीएसले अभ्यास उत्तर कोरियाको आणविक तथा क्षेप्यास्त्र खतराको सामना गर्न र क्षेत्रीय शान्ति तथा स्थायित्व कायम गर्न तीन देशले वार्षिक रूपमा गर्दै आएको रक्षात्मक अभ्यास भएको बताएको छ । 

सन् २०२३ को क्याम्प डेभिड शिखर सम्मेलनपछि पहिलोपटक सन् २०२४ जुनमा ‘फ्रिडम एज’ अभ्यास आयोजना गरिएको थियो । अमेरिकी प्रशान्त कमान्डकी प्रवक्ता लेफ्टिनेन्ट कमोडोर क्लो मोर्गनले अभ्यासले तीन देशबीचको अन्तरक्रियाशीलता बढाउँदै प्रशान्त क्षेत्रमा रक्षा साझेदारी सुदृढ गर्ने बताए।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरिया र अमेरिकाबीचको वार्षिक ‘उल्ची फ्रिडम सिल्ड’ अभ्यासको अवधि ११ दिनबाट घटाएर पाँच दिनमा सीमित गर्न निर्देशन दिएका थिए । ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–उनसँग संवाद अघि बढाउने प्रयास भइरहेको बताउँदै उक्त अभ्यास किमका लागि ‘निकै अपमानजनक’ रहेको उल्लेख गरे ।

दक्षिण कोरियाले भने इरानसँगको युद्धका कारण अमेरिकी सैन्य स्रोत तथा जनशक्तिमा परेको दबाबलाई कारण देखाउँदै अर्को संयुक्त अभ्यास ‘साङ्योङ’ रद्द गरेको छ ।

तर उत्तर कोरियाले सैन्य अभ्यासप्रति असन्तुष्टि जनाउँदै जबाफी कदम र क्षेप्यास्त्र प्रहारको चेतावनी दिँदै आएको छ । यस अवस्थामा अमेरिका, दक्षिण कोरिया र जापानबीचको ‘फ्रिडम एज’ अभ्यासले उत्तर कोरियाको आणविक तथा क्षेप्यास्त्र खतराविरुद्ध तीन देशको सुरक्षा सहकार्यलाई निरन्तरता दिने संकेत गरेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार  १२ : ३९ बजे

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक