च्याम्पियन्स लिग : म्यानचेस्टर सिटी र एस्टन भिल्लाले साविक विजेता पीएसजीसँग खेल्ने « Khabarhub

च्याम्पियन्स लिग : म्यानचेस्टर सिटी र एस्टन भिल्लाले साविक विजेता पीएसजीसँग खेल्ने


१२ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युरोपियन च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिगको नयाँ सिजनको लिग चरणमा प्रिमियर लिगका दुई क्लब म्यानचेस्टर सिटी र एस्टन भिल्लासँग खेल्ने भएको छ।

लगातार दोस्रोपटक च्याम्पियन्स लिगको उपाधि जितेको पीएसजीले बार्सिलोनाको पनि सामना गर्नेछ। लिग चरणको ड्रअनुसार पीएसजीले बार्सिलोनालाई घरेलु मैदानमा स्वागत गर्नेछ भने म्यानचेस्टर सिटीको मैदान र एस्टन भिल्लाको भिल्ला पार्कमा पनि खेल्न जानेछ।

गत सिजनको च्याम्पियन्स लिग फाइनलमा आर्सनललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पीएसजीले लगातार दोस्रोपटक उपाधि जितेको थियो।

आर्सनलको कठिन यात्रा

प्रिमियर लिग च्याम्पियन आर्सनलले घरेलु मैदान एमिरेट्स स्टेडियममा १५ पटकको च्याम्पियन रियल मड्रिडसँग खेल्नेछ। आर्सनलले जर्मनीमा बायर्न म्युनिखको सामना पनि गर्नेछ।

गत सिजनको फाइनलमा पीएसजीसँग पेनाल्टीमा पराजित भएको मिकेल आर्टेटाको टोलीले बोरुसिया डर्टमन्ड, रियल बेटिस, लिल, नापोली, अजरबैजानको च्याम्पियन साबाह र स्लाभिया प्रागसँग पनि खेल्नेछ।

आर्सनलको खेलतालिका
रियल मड्रिड (घरेलु)
बायर्न म्युनिख (अवे)
बोरुसिया डर्टमन्ड (घरेलु)
रियल बेटिस (अवे)
लिल (घरेलु)
नापोली (अवे)
साबाह (घरेलु)
स्लाभिया प्राग (अवे)

सिटीले बार्सिलोनामा रोड्रीविरुद्ध खेल्ने

एन्जो मारेस्काको प्रशिक्षणमा रहेको म्यानचेस्टर सिटीले घरेलु मैदानमा पीएसजीको सामना गर्नेछ भने बार्सिलोनासँग खेल्न स्पेन जानेछ।

बार्सिलोनाविरुद्धको खेलमा सिटीले आफ्ना पूर्वमिडफिल्डर रोड्रीको सामना गर्नेछ। रोड्री यसै समरमा ६ करोड ५० लाख पाउन्डको सम्झौतामा बार्सिलोना पुगेका हुन्।

यस्तै, नापोलीविरुद्धको खेलमा सिटीका अर्का पूर्वमिडफिल्डर केभिन डी ब्रुइनसँग पनि पुनर्मिलन हुनेछ। सिटीका अन्य प्रतिद्वन्द्वीमा स्पोर्टिङ, पोर्टो, आरबी लाइपजिग, एईके एथेन्स र लेन्स रहेका छन्।

म्यानचेस्टर सिटीको खेलतालिका
पीएसजी (घरेलु)
बार्सिलोना (अवे)
स्पोर्टिङ क्लब (घरेलु)
पोर्टो (अवे)
नापोली (घरेलु)
आरबी लाइपजिग (अवे)
एईके एथेन्स (घरेलु)
लेन्स (अवे)

एस्टन भिल्लालाई पनि पीएसजी र बार्सिलोना

युरोपा लिगको च्याम्पियन एस्टन भिल्ला एक सिजनपछि च्याम्पियन्स लिगमा फर्किएको छ। उनाइ एमरीको टोलीले घरेलु मैदानमा पीएसजी र बोरुसिया डर्टमन्डको सामना गर्नेछ।

भिल्लाले बार्सिलोना र गालातासारेको मैदानमा पनि खेल्नेछ। क्लब ब्रुग, फेनेरबाह्चे, भाइिकिङ र स्लाभिया प्राग उसका अन्य प्रतिद्वन्द्वी हुन्।

एस्टन भिल्लाको खेलतालिका
पीएसजी (घरेलु)
बार्सिलोना (अवे)
बोरुसिया डर्टमन्ड (घरेलु)
क्लब ब्रुग (अवे)
फेनेरबाह्चे (घरेलु)
गालातासारे (अवे)
भाइिकिङ (घरेलु)
स्लाभिया प्राग (अवे)

म्यानचेस्टर युनाइटेडले बायर्न र एट्लेटिकोसँग खेल्ने

दुई वर्षपछि च्याम्पियन्स लिगमा फर्किएको म्यानचेस्टर युनाइटेडले पनि कठिन प्रतिद्वन्द्वी पाएको छ। युनाइटेडले घरेलु मैदानमा बायर्न म्युनिखको सामना गर्नेछ भने एट्लेटिको मड्रिडको मैदानमा खेल्नेछ।

रोमा, स्पोर्टिङ, आरबी लाइपजिग, भिल्लारियल, साबाह र कोमो युनाइटेडका अन्य प्रतिद्वन्द्वी हुन्।

लिभरपुललाई एट्लेटिको र इन्टर मिलानको चुनौती

लिभरपुलले घरेलु मैदानमा एट्लेटिको मड्रिड, पोर्टो, भिल्लारियल र लेन्ससँग खेल्नेछ। उसले इन्टर मिलान, क्लब ब्रुग, फेनेरबाह्चे र लास्कको मैदानमा खेल्नेछ।

च्याम्पियन्स लिगको नयाँ ढाँचा

च्याम्पियन्स लिगको लिग चरणमा ३६ टोली सहभागी छन्। प्रत्येक टोलीले आठ फरक क्लबविरुद्ध चार घरेलु र चार अवे खेल खेल्नेछ।

लिग चरणमा शीर्ष आठमा रहने टोली सिधै अन्तिम १६ मा पुग्नेछन्। ९औँदेखि २४औँ स्थानसम्म रहने टोलीले अन्तिम १६ मा पुग्न दुई लेगको नकआउट प्लेअफ खेल्नेछन्।

२५औँ वा त्यसभन्दा तल रहने टोली प्रतियोगिताबाट बाहिरिनेछन् र उनीहरूलाई युरोपा लिगमा झारिने छैन।

गत सिजन आर्सनल आठवटै खेल जित्दै २४ अंकका साथ लिग चरणको शीर्ष स्थानमा रहेको थियो। बायर्न म्युनिख दोस्रो र लिभरपुल तेस्रो भएका थिए।

चेल्सी र म्यानचेस्टर सिटी क्रमशः छैटौँ र आठौँ स्थानमा रहँदै सिधै अन्तिम १६ मा पुगेका थिए। तर दुवै टोली अन्तिम १६ मै बाहिरिए।

लिभरपुल क्वार्टरफाइनलमा पीएसजीसँग पराजित भयो भने पीएसजीले फाइनलमा आर्सनललाई हराउँदै लगातार दोस्रो उपाधि जितेको थियो।

यस सिजनको पहिलो लिग चरणका खेल ८ सेप्टेम्बर २०२६ बाट सुरु हुनेछन्। अन्तिम लिग चरणका खेल २७ जनवरी २०२७ मा हुनेछन्। खेलको विस्तृत तालिका शनिबार सार्वजनिक हुने बताइएको छ। च्याम्पियन्स लिगको फाइनल ५ जुन २०२७ मा म्याड्रिडस्थित मेट्रोपोलिटानो स्टेडियममा हुनेछ।

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार  ३ : ०१ बजे

अध्यक्षलाई गाली गरेको आरोपमा गुणराज लोहनी पार्टीबाट निष्कासित

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का अध्यक्ष मण्डलका सदस्य गुणराज

देश बाढीको शोकमा डुब्दा पाँचतारेको डिनरमा स्वर्णिम, मुस्कानसहितको तस्वीरले जन्मायो बहस

काठमाडौं- देशका दुई प्रमुख नदी प्रणाली भोटेकोशी र त्रिशूलीमा आएको

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक

मोबाइल कम्पनी एप्पलले बाढीपीडितलाई सहयोग गर्ने

काठमाडौं- मोबाइल कम्पनी एप्पलले भोटेकोशीका बाढीपीडितलाई सहयोग गर्ने भएको छ