भोटेकोशी बाढीमा ५३८ जनाको शव बरामद, ३३ देशका ५११ विदेशी अझै बेपत्ता « Khabarhub

भोटेकोशी बाढीमा ५३८ जनाको शव बरामद, ३३ देशका ५११ विदेशी अझै बेपत्ता


१२ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसुवाको भोटेकोशी नदी क्षेत्रमा गत बुधबार आएको विनाशकारी बाढीमा परी हालसम्म ५३८ जनाको शव बरामद गरिएको सरकारले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले शुक्रबार अपराह्न ३ बजे अद्यावधिक गरेको विवरणअनुसार बाढीपछि ३३ देशका ६३२ जना विदेशी नागरिक प्रभावित भएकोमा १२१ जना फेला परेका छन् भने ५११ जना अझै बेपत्ता छन् । 

मन्त्रालयले विदेशी नागरिकसम्बन्धी तथ्यांक खोज तथा उद्धार कार्य जारी रहेकाले थप प्रमाणीकरण हुन सक्ने जनाएको छ ।

सबैभन्दा धेरै भारतका १७८ जना प्रभावित भएका छन्। तीमध्ये ८५ जना फेला परेका छन् भने ९३ जना अझै बेपत्ता छन्। त्यस्तै चीनका १०० जनामध्ये १६ जना फेला परेका छन् भने ८४ जना बेपत्ता छन् ।

त्यसैगरी अमेरिकाका ६८ मध्ये २ जना फेला परेका छन् भने ६६ जना बेपत्ता छन्। युक्रेनका ५३, मलेसियाका ५१, अस्ट्रेलियाका ३५, बेलायतका ३३ र क्यानडाका २५ जना अझै बेपत्ता रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार इटालीका दुई, दक्षिण कोरियाका नौ, स्विट्जरल्यान्डका एक र रुसका दुई तथा अन्य केही विदेशी नागरिक फेला परिसकेका छन् ।

बाढीबाट ठूलो जनधनको क्षति हुनुका साथै घर, सडक, पुल, जलविद्युत् आयोजना र अन्य महत्वपूर्ण पूर्वाधारमा व्यापक क्षति पुगेको छ ।

सरकारले सुरक्षा निकाय, विपद् व्यवस्थापन निकाय, स्थानीय तह तथा स्वास्थ्य सेवाका संयन्त्रलाई खोज, उद्धार, विस्थापितको व्यवस्थापन, आकस्मिक स्वास्थ्य सहायता र राहत कार्यमा परिचालन गरेको जनाएको छ । 

नदी प्रणाली तथा तल्लो तटीय क्षेत्रमा बाढीको जोखिमलाई निरन्तर निगरानीमा राखिएको मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले प्रभावित विदेशी नागरिकका परिवार तथा सम्बन्धित पक्षलाई आवश्यक जानकारी र सहयोगका लागि आपत्कालीन हटलाइन/ह्वाट्सएप नम्बर +९७७-९७४४४४१२२७ र +९७७-९७४४४४१२२८ मा सम्पर्क गर्न सकिने जनाएको छ। यी नम्बर बिहान ७ बजेदेखि राति १० बजेसम्म सञ्चालनमा रहनेछन् ।

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार  ६ : ४४ बजे

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक