त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन « Khabarhub

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन


१२ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका नागरिकको उद्धारका लागि गृहमन्त्री सुधन गुरुङ आफैं घटनास्थलमा खटिएका छन् ।

बाढीका कारण आयोजनाको सुरुङ प्रवेशद्वारमा माटो तथा ढुंगामाटो थुप्रिएपछि सुरुङभित्र रहेका कर्मचारी तथा अन्य व्यक्ति बाहिर निस्कन नसकेको सूचना आएपछि उद्धार कार्य तीव्र पारिएको हो । प्रारम्भिक विवरणअनुसार हाइड्रो इन्जिनियरसहित करिब ३५ जना सुरुङभित्र फसेका छन् ।

सुरुङको प्रवेशद्वारमा थुप्रिएको माटो र ढुंगा हटाउन मिनी स्काभेटर आवश्यक परेको सूचना आएपछि आवश्यक उपकरणसहित उद्धार टोली घटनास्थलमा परिचालन गरिएको छ । गृहमन्त्री गुरुङको नेतृत्वमा नेपाली सेना र सशस्त्र प्रहरीका सुरक्षाकर्मी तथा प्राविधिक टोलीले सुरुङको अवरोध हटाएर फसेकाहरूलाई सुरक्षित बाहिर निकाल्ने प्रयास गरिरहेका छन् ।

सुरुङभित्र फसेकाहरूको अवस्था थप जोखिमपूर्ण बन्न नदिन रातको समयमा समेत उद्धार कार्य जारी राखिएको छ । सुरुङभित्र अक्सिजनको मात्रा घट्न सक्ने जोखिम रहेकाले उद्धारलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि बाढीका कारण माथिल्लो त्रिशूली क्षेत्रमा रहेका अन्य जलविद्युत् आयोजनाका सुरुङ तथा संरचनामा समेत मानिसहरू फसेका थिए। नेपाली सेनाले अर्को सुरुङबाट सयौं मानिसको उद्धार गरिसकेको जनाएको छ । अझै केही व्यक्ति फसेको हुनसक्ने भन्दै खोज तथा उद्धार जारी राखिएको छ ।

फसेकाहरूलाई सकुशल उद्धार गर्ने लक्ष्यसहित सुरक्षाकर्मी, प्राविधिक तथा उद्धार टोलीले जोखिमका बीच अभियानलाई तीव्रता दिएका छन् ।

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार  १० : ३६ बजे

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक