कालीगण्डकीको कटानले फाइबर पोल बगाएपछि म्याग्दी, बागलुङ र मुस्ताङमा सञ्चार सेवा ठप्प « Khabarhub

कालीगण्डकीको कटानले फाइबर पोल बगाएपछि म्याग्दी, बागलुङ र मुस्ताङमा सञ्चार सेवा ठप्प


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

म्याग्दी : सहश्रधारामा कालीगण्डकी नदीको कटानले फाइबर पोल बगाएपछि धवलागिरिका तीन जिल्लामा सञ्चार सम्पर्क विच्छेद भएको छ।

पर्वतको कुश्मा नगरपालिका–१ सहश्रधारामा नदीले कटान गर्दा विद्युत्, नेपाल टेलिकम र निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायक कम्पनीका फाइबर जडित पोल बगेका हुन्। पोल बगेपछि म्याग्दी, बागलुङ र मुस्ताङमा आइतबार बिहानैदेखि नेपाल टेलिकमको मोबाइल, ल्यान्डलाइन र इन्टरनेटका साथै निजी कम्पनीका इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएका छन्।

नेपाल टेलिकम म्याग्दीका प्रमुख युवराज पौडेलका अनुसार बाढीले करीब पाँच सय मिटर फाइबरसहितका चार वटा पोल बगाएको छ। टेलिकमकै फाइबरबाट अन्य दूरसञ्चार सेवा प्रदायकहरूले पनि सेवा विस्तार गरेकाले सबैजसो सेवा अवरुद्ध बन्न पुगेको हो।

अस्थायी रूपमा मोबाइल सेवा सञ्चालनको प्रयास गरिए पनि इन्टरनेटका लागि नयाँ पोल गाड्ने र तार तान्ने स्थिति नरहेको पौडेलले बताए। कालीगण्डकीले मालढुङ्गास्थित मोटरेबल पुलको पहुँचमार्गसमेत बगाएकाले प्राविधिक टोलीलाई सहश्रधारा पुगेर मर्मत गर्न कठिनाइ भइरहेको छ।

विपद्का वेला सञ्चार सेवा अवरुद्ध हुँदा उद्धार, राहत तथा सूचना आदानप्रदानमा गम्भीर समस्या पैदा भएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताए। नेपाल पत्रकार महासङ्घ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले सञ्चार अवरुद्ध हुँदा सर्वसाधारण, सुरक्षा निकाय, जनप्रतिनिधि र सञ्चारकर्मी प्रभावित भएको बताए।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  ६ : ३६ बजे

सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

गण्डकी– कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत,

मेची भन्सारबाट दुई महिनामा दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई

आर्थिक गणना : लगत प्रशोधन प्रक्रिया सुरु

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको