काठमाडौं– नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा पूर्व सभापति शेरबहादुर देउवा पक्षले आफ्नो सभापतिको उम्मेदवार बन्नका लागि शुल्क तोकेको छ ।
देउवा पक्षले तोकेको शुल्कमा सभापतिको उम्मेदवारका लागि ३० हजार तोकिएको छ भने महामन्त्री र उपसभापतिका उम्मेदवारका लागि २५ हजार तोकिएको छ ।
सहमहामन्त्री उम्मेदवारका लागि २० हजार र केन्द्रीय सदस्यको उम्मेदवारका लागि १० हजार शुल्क तोकिएको हो।
नेपाली कांग्रेसमा संस्थापन पक्ष अर्थात् गगन थापालाई नेतृत्व मानेर १५ महाधिवेशन गर्न पूर्व सभापतिजी शेरबहादुर देउवा पक्ष अझै मानेको छैन ।
१५औं महाधिवेशन संस्थापन पक्षले यही १६ गतेबाट सुरु गर्दै छ ।














प्रतिक्रिया