प्रतिनिधिसभा बैठक : कसले के-के भने ? « Khabarhub

प्रतिनिधिसभा बैठक : कसले के-के भने ?


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा आजको आकस्मिक समयमा भाग लिने सांसदहरुले पछिल्लो वर्षासँगैको पहिरोबाट मध्यपहाडी राजमार्ग र कालीगण्डकी कोरिडोर क्षेत्रका सडक तथा पुलमा ठूलो क्षति पुर्‍याएकोले तत्काल मर्मत गरी सडक यातायात सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनीहरुले बाढीले मानवीय र भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएकोले क्षतिग्रस्त स्थानमा तत्कालै सडक र पुल सञ्चालनमा ल्याउन माग गरे।

सांसद पद्यकुमारी अर्यालले गत भदौको रसुवा बाढीको असर कम नहुँदै फेरि पछिल्लो वर्षासँगैको बाढी र पहिरोबाट जोखिम तथा क्षति ब्यहोर्नु परेको जनाउँदै प्रभावित परिवारको उद्धार, राहत र पुनस्र्थापनाको विषयमा गम्भीर भएर लाग्न सरकारको ध्यानाकर्षण गराइन् ।
 
उनले बाढीका कारणले कालीगण्डकी नदीको तटीय क्षेत्रमा सडक, पुल, व्यक्तिगत सम्पत्ति लगायतमा असर पारेकाले तत्काल खोज, उद्धार तथा राहतमा ध्यान दिन अनुरोध गरिन्। 

सांसद युवराज दुलालले मुलुकका विभिन्न भागका बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र पुनर्स्थापनामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए। उनले सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्राउ र रिहाइको विषयमा सरकारको धारणा माग गरेका छन् । 

सांसद ऐनबहादुर महरले वर्तमान सरकार गठन भएदेखि नै विभिन्न राजनीतिक नेतृत्व तथा न्यायाधीशसम्मलाई विधिको शासन पक्राउ र अपमान गर्ने जस्ता क्रियाकलाप भएको भनी आगामी दिनमा यस्ता घटना दोहरिन नदिन सरकारको ध्यानाकर्षण गराए।

सांसद सुशील खड्काले पछिल्लो बर्षपछिको बाढीले खास गरी मध्यपहाडी राजमार्ग र कालीगण्डकी कोरिडोर क्षेत्र अलि बढी प्रभावित भएकाले तत्कालै त्यस क्षेत्रमा पुल र सडक निर्माणको काम तत्कालै अघि बढाउनको लागि माग गरे। उनले जलवायु परिवर्तनको कारणले यस्ता खालका विपद् आइराखेकाले पनि राज्यले सजग र सर्तकता अपनाउन जरुरी रहेको बताए।

सांसद बलावती शर्माले बाढीपहिरोबाट बाग्लुङ र कास्की जोड्ने पुल र सडक लगायतका संरचनामा क्षति पुराएकाले सदरमुकामसँग पालिकाको सडक सञ्जाल अवरुद्ध भएको बताए । उनले बाढीमा प्रभावितका लागि उचित राहत र पुनर्स्थापनाको व्यवस्थापनको लागि आग्रह गरिन् ।

सांसद ध्रुवराज राईले प्रधानमन्त्रीले विगतमा जस्तै संसदमा आएर जवाफ दिने कार्यसूचीलाई फेरि राख्न सदन र सरकारको ध्यानाकर्षण गराए। सांसद भरत गिरी चाडपर्वको समयमा सार्वजनिक यातायातको टिकटमा चलखेल गरेर मूल्यवृद्धि गर्न खोजिएकोतर्फ सरकारको ध्यानाकर्षण गराए। 

सांसद सोम शर्माले बाग्लुङको बाढीपहिरो प्रभावित क्षेत्रमा निरीक्षण गरेर आवश्यक खोज तथा उद्धारमा सक्रियता देखाउन ध्यानाकर्षण गराए। सासंद समिना मियाँले बाढीबाट चितवनको विभिन्न स्थानमा नारायणीले कटान गरेको जनाउँदै सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद मनिष खनाल नारायणी नदीको बहाव बढ्दा सुस्ता क्षेत्रमा डुबानको प्रभाव पारेकाले तत्काल राहतको व्यवस्था र दीर्घकालीन समाधान खोज्नको लागि सरकारको ध्यानाकर्षण गराए ।

सांसद टेकबहादुर गुरुङले पछिल्लो बाढीले मनाङ जिल्लाका धेरै संरचनामा क्षति पु¥याएको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै खोज, उद्धार  र राहतको तत्काल व्यवस्था गर्न आग्रह गरे । उनले बेँशीसहर र चामे सडक खण्डमा पहिरो खसेर सडक अवरुद्ध भएकाले तत्कालै सडक सञ्चालन गर्ने वातावरण मिलाउन अनुरोध गरे। 

सांसद भरतप्रसाद पराजुलीले चार दिनदेखि लगातार आएको पानीसँगैको बाढी पहिरोले मुस्ताङ कोरला नाका बन्द भएकाले छिमेकी मुलुक चीनसँगको सबै खालको व्यापार ठप्प भएको सरकारको ध्यानाकर्षण गराए। 

सांसद क्षितिज थेबे ताप्लेजुङको दोभान बजारमा आगजनीबाट १० घर पूर्ण जल्दा करिब  १५ करोड बराबरको क्षति भएको बताए। सांसद टुकाभद्र हमालले पछिल्लो समय परेको अरिवल वर्षाको कारणले नागरिकको जनजीवन प्रभावित भएको विषयमा सरकारको ध्यानाकर्षण गराए। 

सांसद राजकिशोर महतो प्रधानमन्त्रीले संयुक्त राष्ट्र सङ्घमा गरेको सम्बोधनले नेपालको सम्मान उच्च भएको बताए । सांसद श्रीराम न्यौपाने प्रधानमन्त्रीले भोटेकोशी बाढीको विषयमा प्रधानमन्त्रीले उठाएको विषयले नेपालको गौरव उच्च गराएको बताए।

सांसद माधवबहादुर थापाले बाढीको कारणले पाल्पाको रानीमहल डुबेकोबारे सरकारको ध्यानाकर्षण गराए।

सांसद शुलभ खरेल तिनाउ नदी बाढीले वरपरको क्षेत्रमा ठूलो क्षति पुराएकाले प्रभावितलाई तत्कालै उद्धार, राहत र पुनर्स्थापनामा ध्यान दिनका लागि सरकारको ध्यानाकर्षण गराए। सांसद ठाकुरसिंह थारूले लगातारको झरिले बर्दियाको गुलरिया नगरपालिकामा २५ घरमा क्षति पुर्‍याएकोबारे सरकारको ध्यानाकर्षण गराए।

सांसद बुद्धरत्न महर्जन पछिल्लो बाढी पहिरोका कारण ललितपुरका अधिकांश सडक प्रभावित भएको जनाउँदै ललितपुरमा टेलिफोनको नेटवर्क पनि बारम्बार अवरुद्ध हुने गरेको हुँदा समस्या समाधानका लागि पहल गरिदिन सदनमार्फत सरकारको ध्यानाकर्षण गराए।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  १ : ०५ बजे

बागलुङका पहिरोपीडितलाई हेलिकप्टरबाट राहत पठाइँदै (तस्बिरहरू)

काठमाडौं– बागलुङमा पहिरोका कारण विस्थापितका लागि बागलुङ बजारबाट हेलिकप्टरमार्फत राहत

पहिरोले धापाखेलमा साढे दुईतले घर ढल्यो

ललितपुर– अविरल वर्षासँगै आएको पहिरोले ललितपुरको धापाखेलमा साढे दुईतले घर

अमेरिकी वायुसेना अड्डा नजिकै पाँच जना पक्राउ, आतंकवादी गतिविधिको आशंकामा अनुसन्धान

लन्डन– बेलायतमा अमेरिकी सेनाले प्रयोग गर्दै आएको फेयरफोर्ड वायुसेना अड्डा

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला 

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार ११ बजेसम्म १ हजार

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा चुनौती

कपिलवस्तु– कपिलवस्तु कारागारमा क्षमताभन्दा ७६ जना बढी कैदीबन्दी भएकाले व्यवस्थापनमा