स्पेसएक्सको ‘स्टारशिप’ रकेट पहिलोपटक पृथ्वीको कक्षमा पठाउने तयारी « Khabarhub

स्पेसएक्सको ‘स्टारशिप’ रकेट पहिलोपटक पृथ्वीको कक्षमा पठाउने तयारी


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– एलन मस्कको एरोस्पेस तथा रक्षा कम्पनी स्पेसएक्सले आफ्नो विशाल ‘स्टारशिप’ रकेटलाई पहिलोपटक पृथ्वीको कक्षमा पुर्‍याउने उद्देश्यका साथ ऐतिहासिक प्रक्षेपणको तयारी पूरा गरेको छ । अमेरिकी संघीय उड्डयन प्रशासनबाट सेप्टेम्बर २६ मा उडान इजाजत पत्र प्राप्त गरेपछि कम्पनीले टेक्ससस्थित ‘स्टारबेस’ बाट १४औँ परीक्षण उडान सञ्चालन गर्न लागेको हो ।

सोमबारबाट सुरु हुने ७५ मिनेटको ‘लान्च विन्डो’ मा हुने यस उडानमार्फत नयाँ पुस्ताका २६ वटा ‘स्टारलिङ्क भि-३’ भूउपग्रहहरू अन्तरिक्षमा प्रक्षेपण गरिनेछ ।

सन् २०२३ देखि सुरु भएका अघिल्ला १३ वटा परीक्षण उडानहरू उप(कक्षीय मार्गमै सीमित थिए, जसमध्ये झन्डै आधा उडानहरू अप्रत्याशित विस्फोटमा परिणत भएका थिए ।

तर, यो १४औँ उडान सफल भएमा स्टारशिप परीक्षण कालबाट पूर्ण सञ्चालनको चरणमा प्रवेश गर्नेछ । करिब १० घण्टासम्म अन्तरिक्षमा रहने र पृथ्वीलाई ६ पटक परिक्रमा गर्ने अनुमान गरिएको यस उडानपछि रकेटलाई चिलीको तट नजिकै प्रशान्त महासागरमा सुरक्षित अवतरण गराउने लक्ष्य राखिएको छ ।

अन्तरिक्ष स्टेशनहरूसँगको सम्भावित टक्कर रोक्न स्टारशिपलाई पृथ्वीको सतहबाट करिब १७१ माइल (२७५ किमी) उचाइमा उडाइनेछ, जुन अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको ४ सय किमी उचाइभन्दा तल हो । उडानको सुरुवाती मिनेटमै कुनै प्राविधिक खराबी देखिएमा इन्जिन बन्द गरी रकेटलाई उप-कक्षीय मार्गमै फर्काइने सुरक्षा रणनीति पनि बनाइएको छ ।

हाल करिब ११ हजार सक्रिय भूउपग्रह सञ्चालनसहित विश्वव्यापी इन्टरनेट सेवा प्रदान गरिरहेको स्पेसएक्सका लागि स्टारशिप व्यावसायिक विस्तारको मेरुदण्ड मानिएको छ । वासिङ्टनको रेडमन्डमा निर्मित भि-३ भूउपग्रहहरूले अघिल्ला संस्करणभन्दा दोब्बर सौर्य ऊर्जा उत्पादन गर्नुका साथै द्रुत गतिमा डेटा सम्प्रेषण गर्न सक्नेछन् । साथै, कम्पनीकी सीओओ ग्विन शोटवेलका अनुसार सन् २०२७ देखि स्टारशिपमार्फत अन्तरिक्षमा ‘एआई कम्प्युट भूउपग्रहहरू’ प्रक्षेपण गर्ने योजना छ ।

रकेटको माथिल्लो भाग र ‘सुपर हेभी’ बुस्टर दुवैलाई पूर्ण रूपमा पुनःप्रयोगयोग्य बनाउनुलाई रकेट विज्ञानमा ‘होली ग्रेल’ मानिन्छ, जसले अन्तरिक्षमा कार्गो पठाउने लागतलाई उल्लेख्य रूपमा घटाउनेछ ।

स्पेसएक्सले नासाका अन्तरिक्ष यात्रीहरूलाई पुनः चन्द्रमाको सतहमा पुर्‍याउन बहु(अर्ब डलरको सम्झौता गरिसकेको छ । चन्द्रमा मिसनका लागि अन्तरिक्षमै माइनस १६२ डिग्री सेल्सियसभन्दा चिसो इन्धन स्थानान्तरण गर्नुपर्ने हुन्छ, जुन अन्तरिक्ष इतिहासमै अभूतपूर्व प्राविधिक चुनौती हो ।

गत जुनमा ऐतिहासिक आईपीओ मार्फत सार्वजनिक भएको स्पेसएक्सको बजार मूल्याङ्कन हाल करिब २ खर्ब डलर पुगेको छ । 

एलन मस्कले भविष्यमा मङ्गल ग्रहमा आत्मनिर्भर शहर बसाउने, दैनिक ३० भन्दा बढी उडान भर्न लुइसियानामा १ सय अर्ब डलरको नयाँ प्रक्षेपण केन्द्र ‘स्टारबेस लुइसियाना’ निर्माण गर्ने र उडानको दर प्रतिघण्टा एउटासम्म पुर्‍याउने दीर्घकालीन लक्ष्य राखेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  १ : १२ बजे

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्तालाई मृत्यु

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु

स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि

युद्धबन्दी हस्तान्तरणबारे युक्रेनसँग दक्षिण कोरिया असन्तुष्ट

सियोल– युक्रेनले रुसका लागि लडिरहेका दुई उत्तर कोरियाली सैनिकलाई दक्षिण