पहिरोले धापाखेलमा साढे दुईतले घर ढल्यो « Khabarhub

पहिरोले धापाखेलमा साढे दुईतले घर ढल्यो


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

ललितपुर– अविरल वर्षासँगै आएको पहिरोले ललितपुरको धापाखेलमा साढे दुईतले घर पूर्णरूपमा ढलेको छ । ललितपुर महानगरपालिका–२४ धापाखेलस्थित सोबितकुमार थापाको घर सोमबार बिहान ६ बजेर ३५ मिनेटमा पहिरोले बगाएर खोलामा पुर्‍याएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रका अनुसार पहिरोले घर ढलेपछि उक्त स्थानमा रहेको खोला समेत थुनिएको छ । घटनापछि प्रहरीले जोखिमको अवस्था र क्षतिको विवरण संकलन गरिरहेको छ ।

पहिरो खस्न भने आइतबारदेखि नै सुरु भएको थियो । आइतबार दिउँसो १ः४० बजे थापाको घरको भुइँतलासँग जोडिएको ट्रसबाट बनेको किचन करिब २० मिटर तल खसेको थियो । त्यसपछि घरमा थप जोखिम बढेपछि थापासहित तीन जनाको परिवार आइतबार नै आफन्तको घरमा सरेका थिए ।

परिवारका सदस्यहरू समयमै सुरक्षित स्थानमा सरेकाले घर ढले पनि मानवीय क्षति नभएको एसपी मिश्रले जानकारी दिए ।

घटनास्थलमा प्रहरी प्रभाग धापाखेलबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा चार जनाको टोली खटिएको छ । ललितपुर महानगरपालिकाको नगर प्रहरी टोली पनि घटनास्थलमा पुगेर घरभित्र रहेका सामानहरू सुरक्षित स्थानमा सारिरहेको छ ।

यस्तै, घटनाको मुचुल्का तयार गर्न सातदोबाटो प्रहरी वृत्तबाट मुचुल्का टोलीसमेत घटनास्थलमा खटाइएको एसपी मिश्रले बताए ।

तस्बिर : सुर्याम्स उप्रेती/ नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  १ : ३९ बजे

संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने

 काठमाडौं – हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको

मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

मुस्ताङ– मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएको

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्तालाई मृत्यु

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४