भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा « Khabarhub

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४ गते बुधबार निर्वाचन हुने भएको छ । 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोल प्रसाद अर्यालले निर्वाचन मिति र समयका बारे जानकारी गराएका हुन् ।

हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद् सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४ गते दिउँसो २ बजे निर्वाचन हुने सभामुख अर्यालले जानकारी दिए ।

असोज ५ गते बसेको संसद् बैठकले १५ सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो ।

समितिको सदस्यमा सांसदहरु अच्युतम लामिछाने, अनुस्का श्रेष्ठ, गङ्गा देवी श्रेष्ठ, गणेश पराजुली, धनञ्जय रेग्मी, ध्रुवराज राई, निशा डाँगी, पुष्पराज कँडेल, मोहन आचार्य, मिङ्मा ग्याबु शेर्पा, रमेश कुमार मल्ल, रबिन्द्र पटेल, सरस्वती लामा, सुजाता तामाङ, र सीता थपलिया रहेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  २ : ३९ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप