स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ « Khabarhub

स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि थप सुत्केरी बिदा तथा प्रोत्साहनको व्यवस्था गर्न लागेको बताएकी छन् । 

सोमबार प्रतिनिधिसभा बैठकमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, २०६३ प्रस्तुत गर्दै मन्त्री मेहताले जनगणना अनुसार जनसंख्या वृद्धि दर निरन्तर घट्दो क्रममा रहेकाले जनसंख्या वृद्धिका लागि बिदा तथा प्रोत्साहनको व्यवस्था गर्न विद्यमान ऐन संशोधन आवश्यक भएको बताएकी हुन् ।

संशोधन विधेयकमा सरकारी, गैरसरकारी वा निजी निकायमा कार्यरत महिलाहरूलाई सुत्केरी हुनुअघि र पछि गरी ६ महिनाको तलबसहितको सुत्केरी बिदाको प्रस्ताव गरिएको छ भने पुरुष कर्मचारीकी पत्नी सुत्केरी भएमा ४२ दिनको तलबसहितको प्रसूति स्याहार बिदा दिने व्यवस्था प्रस्ताव गरिएको मन्त्री मेहताले बताइन् ।  

त्यस्तै विशेष अवस्थामा गरिने गर्भपतनका प्रावधानहरूलाई थप तथा संशोधन गर्ने, बलपूर्वक गरिने गर्भपतन सम्बन्धी अवस्था स्पष्ट पार्ने र थप गरिएका प्रावधान विपरीतका कार्यलाई कसुर मानी सजायको व्यवस्था गर्ने विषय समेटिएको उनले बताइन् । 

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  २ : २४ बजे

देउवा दाइहरू पार्टीमा आउने सम्भावना सकियो, गगन थापाको विकल्प छैन : गुरु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसले यही १६ गतेबाट १५औं महाधिवेशन आयोजना गर्दैछ

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना

शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत

प्रतिनिधिसभा : सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

काठमाडौं– असोजः सांसदहरूले लगातारको वर्षाका कारण विभिन्न जिल्लामा भएको बाढीपहिरोबाट प्रभावितको