प्राधिकरणको प्रष्टीकरण- राहुघाट जलविद्युत आयोजना सञ्चालनमा आउन १० दिन लाग्छ « Khabarhub

प्राधिकरणको प्रष्टीकरण- राहुघाट जलविद्युत आयोजना सञ्चालनमा आउन १० दिन लाग्छ


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले असोज ९ गतेदेखिको अविरल वर्षाका कारण विभिन्न विद्युतीय संरचनामा क्षति पुगेकाले नियमित विद्युत् प्रसारणमा समस्या भएको जनाएको छ ।  

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणले बाढीका कारण आकस्मिक रुपमा बन्द गरिएका केही उत्पादन केन्द्रहरू सञ्चालनमा आइसकेको र टावरमा क्षति पुगेका कारण अवरुद्ध उत्पादन केन्द्रहरू सञ्चालनमा आउन केही समय लाग्ने समेत जनाएको छ ।

वर्षापछिको बाढीका कारण राहुघाट जलविद्युत आयोजनाको टेलरेस गेट र डक्टमा क्षति पुगेको तथा टर्बाइन फ्लोरमा पानी पसेकाले सफा गरी सञ्चालनमा ल्याउन करिब १० दिन लाग्ने प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले जानकारी दिए ।

त्यस्तै कुश्मा–दाना प्रसारण लाइनमा क्षति पुग्दा कुल १९० मेगावाटका ७ वटा जलविद्युत केन्द्रहरूको उत्पादन अवरुद्ध भएको र राहुघाट सबस्टेसनमा जोडिएका आयोजनाहरूमध्ये ४० मेगावाटको राहुघाट बाहेक १२७ मेगावाटका अन्य आयोजनाहरू पुनः सञ्चालनमा आउने अवस्थामा रहेको उनले बताए । 

उनले कालीगण्डकी कोरिडोरको २२० केभी लाइन अन्तर्गत म्याग्दीको दाना–कुश्मा खण्डका टावर नम्बर २१ र २२ मा क्षति पुगेको प्रारम्भिक विवरण रहेको जानकारी दिए । 

अविरल वर्षाका कारण वितरण संरचना तथा टावरहरू ढल्दा र १ हजार मेगावाटभन्दा बढी उत्पादन प्रणालीबाट बाहिरिँदा आइतबार दिनभर असहज परिस्थिति बनेको समेत श्रेष्ठले उल्लेख गरे ।

त्यस्तै कार्यकारी निर्देशक श्रेष्ठले भदौ १० गतेको बाढीले माथिल्लो त्रिशूली थ्री–बी २२० केभी हब तथा विभिन्न केन्द्रहरूमा क्षति पुर्‍याउँदा ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको र करिब १४ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान रहेको बताए । 

उनले हालको जडित क्षमता ३,७३९ दशमलव ४० मेगावाट रहेकोमा सुक्खा याममा थप ३२० मेगावाट गरि मंसिरसम्म करिब ४,०६० मेगावाट पुग्ने प्रक्षेपण रहेको जानकारी दिए । 

सुक्खा याममा करिब १,२१८ मेगावाट मात्र आन्तरिक उत्पादन रहने भएकाले करिब १,१५४ मेगावाट विद्युत् आयात गरी माग व्यवस्थापन गरिने प्राधिकरणले जनाएको छ । अघिल्लो वर्षको सुखायामको उच्चतम राष्ट्रिय विद्युत् माग २२९२ रहेको समेत प्राधिकरणले जानकारी दिएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  ४ : २८ बजे

दसैँमा रातो वा सेतो टीका किन लगाइन्छ ?

दसैँ भन्नेबित्तिकै धेरै नेपालीको मनमा निधारभरि रातो टीका, कानमा सिउरिएको

दसैँ मनाउँदा एकअर्काको सहारा बन्न कांग्रेसका सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६