वर्षा र बाढीपछि कस्तो छ जलविद्युत क्षेत्रको अवस्था ? « Khabarhub

वर्षा र बाढीपछि कस्तो छ जलविद्युत क्षेत्रको अवस्था ?


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– असोज ९ गतेदेखिको अविरल वर्षाका कारण देशका विभिन्न विद्युतीय संरचनामा क्षति पुग्न गई केही जलविद्युत उत्पादन केन्द्रहरू बन्द हुनुका साथै प्रसारण र वितरण प्रणाली प्रभावित भएको छ । 

बाढीका कारण आकस्मिक रूपमा बन्द गरिएका केही उत्पादन केन्द्रहरू पुनः सञ्चालनमा आइसकेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

अवरुद्ध भएका बाँकी क्षेत्रहरूमा पनि विद्युत् सुचारु गराउन सम्बन्धित वितरण केन्द्र र ग्रीड सञ्चालन महाशाखाको समन्वयमा प्राविधिकहरू कार्यक्षेत्रमा खटिरहेको पनि प्राधिकरणको भनाइ छ ।

प्राधिकरणको सहायक कम्पनीमार्फत प्रवर्द्धन गरिएको राहुघाट आयोजनाको टेलरेस गेट र डक्टमा क्षति पुग्नुका साथै टरवाइन फ्लोरमा पानी पसेकाले सफा गरी सञ्चालनमा ल्याउन करिब १० दिन लाग्ने अनुमान गरिएको छ । 

यद्यपि उक्त आयोजनाको स्वीच्यार्ड सामान्य अवस्थामा रहेकाले चार्ज गरिसकिएको प्राधिकरणले जनाएको छ । 

प्राधिकरणकाअनुसार राहुघाट सबस्टेशनमा जोडिएका अवरुद्ध आयोजनाहरूमध्ये राहुघाट जलविद्युत केन्द्र (४० मेगावाट) बाहेक १२७ मेगावाट बराबरको उत्पादन पुनः सञ्चालनमा आउनसक्ने अवस्थामा रहेको छ ।

त्यसैगरी प्रणालीमा अवरुद्ध भएका आयोजनाहरूमध्ये सेती तथा मादी करिडोरका कुल २६२ मेगावाट र मस्याङ्दी करिडोरका कुल १९० मेगावाट क्षमताका जलविद्युत केन्द्रहरू पुनः सञ्चालनमा आइसकेका छन् । 

बाढीका कारण अवरुद्ध बनेको १४४ मेगावाट क्षमताको कालिगण्डकी जलविद्युत केन्द्र सोमबार बेलुकासम्म सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

हाल प्रणालीबाट बाहिर रहेका जलविद्युत आयोजनाको संख्या ८ वटा रहेको र जसको कुल क्षमता २३० मेगावाट रहेको प्राधिकरणले जनाएको छ ।

अर्कोतर्फ भाद्र १० गते भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीले माथिल्लो त्रिशुली ३बी २२० केभी हबमा क्षति पुर्‍याउनुका साथै जलविद्युत केन्द्रहरू प्रभावित हुँदा कुल ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर रहेको छ । यस क्षेत्रमा प्राधिकरण र सहायक कम्पनीहरूतर्फ गरी प्रारम्भिक रूपमा करिब ७४ अर्ब बराबरको क्षति पुगेको अनुमान गरिएको छ । 

यसैगरी कुस्मा-दाना प्रसारण लाइनमा क्षति पुगेका कारण कुल १९० मेगावाट क्षमताका ७ वटा जलविद्युत केन्द्रहरूबाट विद्युत् प्रसारण हुन सकेको छैन ।

कालिगण्डकी करिडोरको २२० केभी प्रसारण लाइन अन्तर्गत म्याग्दीको दाना-कुस्मा खण्डका टावर नम्बर २१ र २२ मा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।

विभिन्न स्थानमा बाटो अवरुद्ध भएकाले स्थलगत निरीक्षणपछि मात्र प्रसारण लाइनको विस्तृत क्षति विवरण प्राप्त हुने प्राधिकरणको भनाइ छ ।

वितरण प्रणालीतर्फ म्याग्दी, बाग्लुङ्ग, तनहुँको झापुटार सबस्टेशन र रुकुम पूर्वमा विद्युत् आपूर्ति सुचारु भइसकेको छ । मुस्ताङ्ग, प्युठान र रोल्पामा सोमबार अबेरसम्म विद्युत् सुचारु हुने र मनाङ्गमा भोलिसम्ममा आपूर्ति सामान्य बनाउने लक्ष्य राखिएको छ ।

आगामी सुखायामको विद्युत् माग तथा आपूर्ति योजना

प्राधिकरणका अनुसार आगामी सुखायाममा आन्तरिक उत्पादनबाट उपलब्ध हुने अनुमानित कुल विद्युत् क्षमता १ हजार २१८ मेगावाट रहनेछ ।

प्राधिकरणको हालको ३ हजार ७३९ दशमलब ४० मेगावाट जडित क्षमतामा मंसीरसम्म ३२०.६० मेगावाट थप भई कुल क्षमता ४ हजार ६० मेगावाट पुग्ने र त्यसको ३० प्रतिशत उत्पादन सुखायाममा प्राप्त हुने प्रक्षेपण गरिएको छ ।

सुखायाममा माग र आपूर्तिको सन्तुलन कायम राख्न ढल्केवर(मुजफ्फरपुरबाट ६ सय मेगावाट, टनकपुर-महेन्द्रनगरबाट ५४ मेगावाट, बिहारका विभिन्न बिन्दुबाट ३५० मेगावाट र आरटीसी मार्फत १५० मेगावाट गरी कुल ११५४ मेगावाट विद्युत् विभिन्न प्रक्रियाबाट आयात गरिनेछ । 

सो योजना अनुसार सुखायाममा कुल विद्युत् उपलब्धता २३७२ मेगावाट पुग्नेछ, जुन अघिल्लो वर्षको सुखायामको उच्चतम राष्ट्रिय माग २ हजार २९२ मेगावाट भन्दा पर्याप्त बढी हो ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  ५ : ०३ बजे

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले