वर्षा र बाढीपछि कस्तो छ जलविद्युत क्षेत्रको अवस्था ? « Khabarhub

वर्षा र बाढीपछि कस्तो छ जलविद्युत क्षेत्रको अवस्था ?


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– असोज ९ गतेदेखिको अविरल वर्षाका कारण देशका विभिन्न विद्युतीय संरचनामा क्षति पुग्न गई केही जलविद्युत उत्पादन केन्द्रहरू बन्द हुनुका साथै प्रसारण र वितरण प्रणाली प्रभावित भएको छ । 

बाढीका कारण आकस्मिक रूपमा बन्द गरिएका केही उत्पादन केन्द्रहरू पुनः सञ्चालनमा आइसकेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

अवरुद्ध भएका बाँकी क्षेत्रहरूमा पनि विद्युत् सुचारु गराउन सम्बन्धित वितरण केन्द्र र ग्रीड सञ्चालन महाशाखाको समन्वयमा प्राविधिकहरू कार्यक्षेत्रमा खटिरहेको पनि प्राधिकरणको भनाइ छ ।

प्राधिकरणको सहायक कम्पनीमार्फत प्रवर्द्धन गरिएको राहुघाट आयोजनाको टेलरेस गेट र डक्टमा क्षति पुग्नुका साथै टरवाइन फ्लोरमा पानी पसेकाले सफा गरी सञ्चालनमा ल्याउन करिब १० दिन लाग्ने अनुमान गरिएको छ । 

यद्यपि उक्त आयोजनाको स्वीच्यार्ड सामान्य अवस्थामा रहेकाले चार्ज गरिसकिएको प्राधिकरणले जनाएको छ । 

प्राधिकरणकाअनुसार राहुघाट सबस्टेशनमा जोडिएका अवरुद्ध आयोजनाहरूमध्ये राहुघाट जलविद्युत केन्द्र (४० मेगावाट) बाहेक १२७ मेगावाट बराबरको उत्पादन पुनः सञ्चालनमा आउनसक्ने अवस्थामा रहेको छ ।

त्यसैगरी प्रणालीमा अवरुद्ध भएका आयोजनाहरूमध्ये सेती तथा मादी करिडोरका कुल २६२ मेगावाट र मस्याङ्दी करिडोरका कुल १९० मेगावाट क्षमताका जलविद्युत केन्द्रहरू पुनः सञ्चालनमा आइसकेका छन् । 

बाढीका कारण अवरुद्ध बनेको १४४ मेगावाट क्षमताको कालिगण्डकी जलविद्युत केन्द्र सोमबार बेलुकासम्म सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

हाल प्रणालीबाट बाहिर रहेका जलविद्युत आयोजनाको संख्या ८ वटा रहेको र जसको कुल क्षमता २३० मेगावाट रहेको प्राधिकरणले जनाएको छ ।

अर्कोतर्फ भाद्र १० गते भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीले माथिल्लो त्रिशुली ३बी २२० केभी हबमा क्षति पुर्‍याउनुका साथै जलविद्युत केन्द्रहरू प्रभावित हुँदा कुल ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर रहेको छ । यस क्षेत्रमा प्राधिकरण र सहायक कम्पनीहरूतर्फ गरी प्रारम्भिक रूपमा करिब ७४ अर्ब बराबरको क्षति पुगेको अनुमान गरिएको छ । 

यसैगरी कुस्मा-दाना प्रसारण लाइनमा क्षति पुगेका कारण कुल १९० मेगावाट क्षमताका ७ वटा जलविद्युत केन्द्रहरूबाट विद्युत् प्रसारण हुन सकेको छैन ।

कालिगण्डकी करिडोरको २२० केभी प्रसारण लाइन अन्तर्गत म्याग्दीको दाना-कुस्मा खण्डका टावर नम्बर २१ र २२ मा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।

विभिन्न स्थानमा बाटो अवरुद्ध भएकाले स्थलगत निरीक्षणपछि मात्र प्रसारण लाइनको विस्तृत क्षति विवरण प्राप्त हुने प्राधिकरणको भनाइ छ ।

वितरण प्रणालीतर्फ म्याग्दी, बाग्लुङ्ग, तनहुँको झापुटार सबस्टेशन र रुकुम पूर्वमा विद्युत् आपूर्ति सुचारु भइसकेको छ । मुस्ताङ्ग, प्युठान र रोल्पामा सोमबार अबेरसम्म विद्युत् सुचारु हुने र मनाङ्गमा भोलिसम्ममा आपूर्ति सामान्य बनाउने लक्ष्य राखिएको छ ।

आगामी सुखायामको विद्युत् माग तथा आपूर्ति योजना

प्राधिकरणका अनुसार आगामी सुखायाममा आन्तरिक उत्पादनबाट उपलब्ध हुने अनुमानित कुल विद्युत् क्षमता १ हजार २१८ मेगावाट रहनेछ ।

प्राधिकरणको हालको ३ हजार ७३९ दशमलब ४० मेगावाट जडित क्षमतामा मंसीरसम्म ३२०.६० मेगावाट थप भई कुल क्षमता ४ हजार ६० मेगावाट पुग्ने र त्यसको ३० प्रतिशत उत्पादन सुखायाममा प्राप्त हुने प्रक्षेपण गरिएको छ ।

सुखायाममा माग र आपूर्तिको सन्तुलन कायम राख्न ढल्केवर(मुजफ्फरपुरबाट ६ सय मेगावाट, टनकपुर-महेन्द्रनगरबाट ५४ मेगावाट, बिहारका विभिन्न बिन्दुबाट ३५० मेगावाट र आरटीसी मार्फत १५० मेगावाट गरी कुल ११५४ मेगावाट विद्युत् विभिन्न प्रक्रियाबाट आयात गरिनेछ । 

सो योजना अनुसार सुखायाममा कुल विद्युत् उपलब्धता २३७२ मेगावाट पुग्नेछ, जुन अघिल्लो वर्षको सुखायामको उच्चतम राष्ट्रिय माग २ हजार २९२ मेगावाट भन्दा पर्याप्त बढी हो ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  ५ : ०३ बजे

दसैँमा रातो वा सेतो टीका किन लगाइन्छ ?

दसैँ भन्नेबित्तिकै धेरै नेपालीको मनमा निधारभरि रातो टीका, कानमा सिउरिएको

दसैँ मनाउँदा एकअर्काको सहारा बन्न कांग्रेसका सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६