यी हुन् सबैभन्दा धेरैपल्ट पक्राउ परेका व्यक्ति « Khabarhub

यी हुन् सबैभन्दा धेरैपल्ट पक्राउ परेका व्यक्ति


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नु सामान्यजस्तै भइसकेको छ । सोमबार पनि प्रहरीले प्रसाईंलाई घरबाटै पक्राउ गर्‍यो । सोमबार नै जिल्ला अदालत काठमाडौंले दुर्गा प्रसाईंलाई तीन दिन म्याद थप गरिसकेको छ ।

दुर्गा प्रसाईं जेलमा रहे/नरहेकोबारे जानकारी दिन सामाजिक सञ्जाल फेसबुकमा पेजसमेत सञ्चालनमा छ । आजसम्म आफू कति पटक पक्राउ परेँ भन्नेबारे दुर्गा प्रसाईं स्वयंलाई समेत थाहा छैन होला । अथवा, प्रसाईंलाई पक्राउ गर्ने प्रहरीलाई समेत आजसम्म कति पटक उनलाई पक्राउ गरियो भन्ने ठ्याक्कै थाहा छैन होला ।

यस्तो अवस्था जोकसैको दिमागमा पनि आजसम्म सबैभन्दा धेरै पटक पक्राउ पर्ने कीर्तिमान कसको नाममा होला भन्ने प्रश्न उठ्छ । सामाजिक सञ्जालमा सबैभन्दा धेरै पटक पक्राउ परी गिनिज बुकमा नाम लेखाएको भन्दै विभिन्न व्यक्तिको तस्बिर भाइरल भइरहेका छन् । तर, गिनिज बुकमा सबैभन्दा धेरै पटक पक्राउ पर्ने व्यक्तिको नाम कतै उल्लेखित छैन ।

यद्यपि अमेरिकाको केन्टकी राज्यस्थित लेक्सिङ्टनका हेनरी अर्ललाई सबैभन्दा धेरै पटक पक्राउ पर्ने व्यक्ति मानिन्छ । सन् २०२४ मा ७४ वर्षको उमेरमा निधन हुनुअघि अर्ल १५ सयभन्दा धेरै पटक पक्राउ परेका थिए ।

सन् १९९२ मा अनलाइन प्रणाली लागू गरेदेखि फेएट काउन्टीमा उनी १ हजार २ सय ९७ पटक पक्राउ परेको तथ्याङ्क छ । अनलाइन प्रणाली लागू हुनुअघि पनि सयौँ पटक पक्राउ परेको बताइन्छ ।

उनी कतिपटक पक्राउ परे भन्ने ठ्याक्कै यकिन तथ्याङ्क भने अधिकारीहरुसँग समेत छैन ।

उनी सुरुवाती चरणमा सन् ७० को दशकतिर पक्राउ पर्न थालेको बताइन्छ । पहिलो पटक उनी हतियार लुकाएको आरोपमा पक्राउ परेका थिए ।

धेरै पटक पक्राउ परेकाले उनी लेक्सिङ्टन शहरमा सेलिब्रेटी समेत बनिसकेका थिए । स्थानीयहरु उनलाई जेम्स ब्राउन भनेर चिन्थे ।

लेक्सिङ्टनमा कुनै समय बेघर जीवन बिताएका उनी मुख्यगरी सार्वजनिक स्थानमा मद्यपान गरेको आरोपमा पक्राउ पर्ने गर्थे । उनी सडकमा गीत गाउँदै भिक्षा मागेर गुजारा गर्थे । भिक्षा मागेर कमाएको पैसा पनि उनी मद्यपानमै खर्चिन्थे ।

अर्लले आफ्नो जीवनमा धेरै चुनौतीहरू सामना गरेपनि उनले आफ्नो अन्तिम समय जेलबाहिर बिताए । अर्ललाई सन् २०१७ मा ओवेन्टाउन हेल्थकेयर एन्ड रिह्याबिलिटेसन फ्यासलिटीमा भर्ना गरिएको थियो । उनको सोही केन्द्रमा निधन भएको हो ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  ७ : ४८ बजे

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्

निर्माण गरेको दुई वर्षमै पुल जोखिममा

बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका–९ स्थित मुक्त कमैया बस्ती जोड्ने

जडीबुटी संकलन गर्न जाँदा बेपत्ता भएकाहरू भेटिए

हुम्ला । जडीबुटी सङ्कलनका लागि हिमाली भेग पुगेपछि एक सातादेखि

सुत्केरी व्यथाले च्यापेकी उत्तरी गोरखाकी एक महिलालाई हेलिकप्टरबाट उद्धार

गोरखा । गोरखाकी एक गर्भवती महिलालाई निर्धारित मितिभन्दा १३ दिनअघि