वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग « Khabarhub

वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज – वीरगन्ज महानगरपालिकाले वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग गरेको छ। 

महानगर प्रमुख राजेशमान सिंहले भूमिगत विद्युत् प्रणाली निर्माणका लागि आवश्यक बजेट व्यवस्था गर्न आग्रह गर्दै सडक डिभिजन कार्यालय, हेटौँडाका प्रमुख किरण कार्कीलाई आज मागपत्र बुझाएका छन्। 

मुख्य सडक विस्तारपछि पुनः ओभरहेड प्रणालीबाट विद्युत् तार राख्दा भविष्यमा सडक मर्मत, विस्तार, यातायात व्यवस्थापन तथा सहरी सौन्दर्यीकरणमा समस्या आउन सक्ने भन्दै महानगरले सडक विस्तारकै क्रममा विद्युत् तार भूमिगत गर्न माग गरेको हो ।

सोही अवसरमा महानगर प्रमुख  सिंहले त्रिभुवन राजपथअन्तर्गत गण्डक-घण्टाघर-भन्सार सडकखण्ड विस्तारको काम अघि बढिरहेका बेला विद्युत् पोल तथा तारको व्यवस्थापनसमेत दीर्घकालीन रूपमा गर्नुपर्ने बताए। 

यसअघि पनि महानगरप्रमुख सिंहले वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग गर्दै आवश्यक बजेट तत्काल विनियोजन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग माग गर्दै पत्राचार गरेका थिए ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  ८ : ०९ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्