चाडपर्वलाई लक्षित गरी सुपथ मूल्यमा खाद्यान्न बिक्री « Khabarhub

चाडपर्वलाई लक्षित गरी सुपथ मूल्यमा खाद्यान्न बिक्री


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

बागमती – साल्ट ट्रेडिङ कर्पोरेशन, मकवानपुरले चाडपर्वलाई लक्षित गरी कार्यालयबाट सुपथ मूल्यमा खाद्यान्न बिक्री सुरु गरेको छ ।

कार्यालयले नेपाल सरकारको निर्देशनअनुसार हाल कार्यालयमा उपलब्ध नुन, चिनी, तेल र मैदा पीठो सरकारले तोके अनुसारको छुट मूल्यमा बिक्री गरेको कार्यालय प्रमुख मधुसुधन अधिकारीले जानकारी दिए ।

उनका अनुसार सर्वसाधारणलाई छुट मूल्यमा गरिने वितरण समान होस् भन्ने उद्देश्यका साथ प्रति व्यक्ति छ पोका नुन, छ किलोग्राम चिनी, पाँच लिटर तेल र पाँच किलो मैदा उपलब्ध गराउने गरिएको छ ।

बजारको प्रचलित बिक्री मूल्यअनुसार कार्यालयले चिनीमा प्रतिकिलो पाँच रुपैयाँ, नुनमा प्रतिकिलो दुई रुपैयाँ, मैदामा प्रतिकिलो सात रुपैयाँ तथा तेलमा प्रति लिटर सात रुपैयाँ छुटसहित बिक्री गरिरहेको कार्यालय प्रमुख अधिकारीले बताए । सुपथ मूल्यमा बिक्री गर्ने क्रम आगामी तिहारसम्म जारी रहने कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  ८ : ५१ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्