काठमाडौँ । थाइल्यान्डको राजधानी बैंककमा पछिल्लो दुई दिनमा लगभग ३२० मिलिमिटर वर्षा भएको छ।
सामान्यतया यति धेरै वर्षा सेप्टेम्बर महिनाभरिमा हुन्थ्यो। यति धेरै वर्षाका कारण सहरको ढल निकास प्रणाली बिग्रिएको छ।
थाइल्यान्डमा बाढीका कारण अहिलेसम्म आठ जनाको मृत्यु भएको छ।
प्रशासनका अनुसार केही क्षेत्रबाट पानी पूर्ण रूपमा बाहिर निस्कन एक हप्तासम्म लाग्न सक्छ। लगभग ८० हजार मानिसहरू अझै बाढीमा फसेका छन्।
यो बाढीले ३ लाख २९ हजार घर र लगभग ७ लाख मानिसलाई असर गरेको छ।
बैंककका सबै ५० जिल्लामा आपत्कालीन अवस्था घोषणा गरिएको छ।
सरकारले डुंगा र मोबाइल किचनमार्फत बाढीमा फसेकाहरूलाई खाना उपलब्ध गराइरहेको छ।














प्रतिक्रिया