बैंककमा महिनाभरि हुने वर्षा २ दिनमै, ८० हजार मानिस बाढीमा फसे « Khabarhub

बैंककमा महिनाभरि हुने वर्षा २ दिनमै, ८० हजार मानिस बाढीमा फसे


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । थाइल्यान्डको राजधानी बैंककमा पछिल्लो दुई दिनमा लगभग ३२० मिलिमिटर वर्षा भएको छ।

सामान्यतया यति धेरै वर्षा सेप्टेम्बर महिनाभरिमा हुन्थ्यो। यति धेरै वर्षाका कारण सहरको ढल निकास प्रणाली बिग्रिएको छ।

थाइल्यान्डमा बाढीका कारण अहिलेसम्म आठ जनाको मृत्यु भएको छ।

प्रशासनका अनुसार केही क्षेत्रबाट पानी पूर्ण रूपमा बाहिर निस्कन एक हप्तासम्म लाग्न सक्छ। लगभग ८० हजार मानिसहरू अझै बाढीमा फसेका छन्।

यो बाढीले ३ लाख २९ हजार घर र लगभग ७ लाख मानिसलाई असर गरेको छ।

बैंककका सबै ५० जिल्लामा आपत्‌कालीन अवस्था घोषणा गरिएको छ।

सरकारले डुंगा र मोबाइल किचनमार्फत बाढीमा फसेकाहरूलाई खाना उपलब्ध गराइरहेको छ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  ९ : ४२ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्