साढे ३ महिनापछि ताप्लेजुङ–काठमाडौँ हवाई उडान « Khabarhub

साढे ३ महिनापछि ताप्लेजुङ–काठमाडौँ हवाई उडान


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ । ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि नियमित हवाई उडान सुरु भएको छ।

मौसम खराबीलगायत कारण गत जेठ २२ गतेदेखि उडान हुन नसकेको विमानस्थलमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ट्विनअटर जहाजले सोमबार नियमित उडान थालेको हो।

काठमाडौँबाट १३ यात्रु लिएर सुकेटार आएको जहाजले पाँच यात्रु लिएर काठमाडौँ फर्किएको सुकेटार विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर दिलीप राजवंशीले जानकारी दिए।

यसअघि सातामा सोमबार, बुधबार र शुक्रबार उडान हुने गरेकामा नयाँ तालिकाअनुसार यही असोज १५ गतेदेखि सातामा सोमबार, बिहीबार र शनिबार उडान हुने जनाइएको छ।

काठमाडौँ–ताप्लेजुङ हवाई भाडा दर १२ हजार २७० तथा ताप्लेजुङ–काठमाडौँ भाडा दर रु १२ हजार ७० कायम गरिएको छ।

पर्यटकीय गतिविधिका दृष्टिले महत्त्वपूर्ण मानिने ताप्लेजुङमा नियमित हवाई सेवा सञ्चालनमा विभिन्न समस्या देखिएका छन्।

जहाजको अभाव, इन्डिकेसनलगायत प्राविधिक समस्या तथा कतिपय अवस्थामा यात्रु अभावका कारण उडान नियमित हुन नसकेको बताइएको छ।

नियमित उडान नहुँदा हवाई सेवामा निर्भर यात्रु तथा जिल्लामा आउने पर्यटकलाई समस्या हुने गरेको छ।

पाथीभरा, कञ्चनजंघालगायत पर्यटकीय क्षेत्रमा आउने पर्यटक तथा सर्वसाधारण नियमित उडान नहुँदा सहज यात्राबाट वञ्चित छन्।

नियमित उडानका लागि निजी क्षेत्रका हवाई सेवा कम्पनीलाई वातावरण बनाउन सम्बन्धित पक्षले ध्यान दिनुपर्ने आवश्यकता देखिएको स्थानीय बताउँछन्।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  ९ : ४४ बजे

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्

निर्माण गरेको दुई वर्षमै पुल जोखिममा

बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका–९ स्थित मुक्त कमैया बस्ती जोड्ने