साढे ३ महिनापछि ताप्लेजुङ–काठमाडौँ हवाई उडान « Khabarhub

साढे ३ महिनापछि ताप्लेजुङ–काठमाडौँ हवाई उडान


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ । ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि नियमित हवाई उडान सुरु भएको छ।

मौसम खराबीलगायत कारण गत जेठ २२ गतेदेखि उडान हुन नसकेको विमानस्थलमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ट्विनअटर जहाजले सोमबार नियमित उडान थालेको हो।

काठमाडौँबाट १३ यात्रु लिएर सुकेटार आएको जहाजले पाँच यात्रु लिएर काठमाडौँ फर्किएको सुकेटार विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर दिलीप राजवंशीले जानकारी दिए।

यसअघि सातामा सोमबार, बुधबार र शुक्रबार उडान हुने गरेकामा नयाँ तालिकाअनुसार यही असोज १५ गतेदेखि सातामा सोमबार, बिहीबार र शनिबार उडान हुने जनाइएको छ।

काठमाडौँ–ताप्लेजुङ हवाई भाडा दर १२ हजार २७० तथा ताप्लेजुङ–काठमाडौँ भाडा दर रु १२ हजार ७० कायम गरिएको छ।

पर्यटकीय गतिविधिका दृष्टिले महत्त्वपूर्ण मानिने ताप्लेजुङमा नियमित हवाई सेवा सञ्चालनमा विभिन्न समस्या देखिएका छन्।

जहाजको अभाव, इन्डिकेसनलगायत प्राविधिक समस्या तथा कतिपय अवस्थामा यात्रु अभावका कारण उडान नियमित हुन नसकेको बताइएको छ।

नियमित उडान नहुँदा हवाई सेवामा निर्भर यात्रु तथा जिल्लामा आउने पर्यटकलाई समस्या हुने गरेको छ।

पाथीभरा, कञ्चनजंघालगायत पर्यटकीय क्षेत्रमा आउने पर्यटक तथा सर्वसाधारण नियमित उडान नहुँदा सहज यात्राबाट वञ्चित छन्।

नियमित उडानका लागि निजी क्षेत्रका हवाई सेवा कम्पनीलाई वातावरण बनाउन सम्बन्धित पक्षले ध्यान दिनुपर्ने आवश्यकता देखिएको स्थानीय बताउँछन्।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  ९ : ४४ बजे

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान